सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले पीडितको बचत रकम फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार काठमाडौंमा मोटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन गरेको छ ।
महासंघले सहकारी पीडितलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न पटक–पटक आन्दोलन गरे पनि राज्यले बेवास्ता गरेको गुनासो गरेको छ । महासंघका कोषाध्यक्ष देव श्रेष्ठले पीडितको अधिकार अब मागेर नभई खोसेर लिनुपर्ने चेतावनी दिए ।
महासंघले सहकारी नियमन प्राधिकरणमा १६ समस्याग्रस्त सहकारीहरूको नामसमेत बुझाएको छ ।
महासंघले सहकारी सञ्चालकहरूलाई कारबाही र पीडितको रकम फिर्ता गराउनका लागि संघर्षका विभिन्न चरण सञ्चालन गर्दै आएको छ । सहकारी नियमनका लागि सरकारले ललितपुरको पुल्चोकमा प्राधिकरण स्थापना गरिसकेको छ ।