काठमाडौँ। देशमा बढ्दो राजनीतिक निराशा, परिवर्तनको चाहना र वैकल्पिक शक्तिप्रतिको जनअपेक्षालाई कलात्मक स्वरमा प्रस्तुत गर्दै ‘रास्वपालाई सुम्पिदिऊँ देश अब’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति केन्द्रित यस गीतले वर्तमान राजनीतिक बहस र नागरिकको भावनालाई संगीतमार्फत उजागर गरेको छ।
रञ्जना अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक ओमप्रसाद प्रसाईं र गायिका रञ्जना भुजेलको आवाज सुन्न सकिन्छ। साथै बाल कलाकार प्रगति सुब्बा, चेतना प्रसाईं र निशान प्रसाईंको सहभागिताले गीतलाई अझ सशक्त र भावनात्मक बनाएको छ।
गीतका शब्द रञ्जना भुजेलले लेखेकी हुन् भने संगीत संयोजन ओमप्रसाद प्रसाईंले गरेका छन्। एरेन्जरको भूमिकामा रामकृष्ण थापा रहेका छन्। प्राविधिक पक्षमा रेकर्डिङ विनोद महताराले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले सम्हालेका छन्। गीत वेभ (वेभ) स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो निर्माणतर्फ क्यामेरा अविनाश श्रेष्ठको रहेको छ भने सम्पादन र कलर ग्रेडिङ प्रगति सुब्बाले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन कार्य अविनावन मिडिया, न्यूरोड, काठमाडौँले सम्पन्न गरेको हो।
राजनीतिक चेतना र सांगीतिक अभिव्यक्तिको संगम बनेको यो गीतले आम नागरिकको आवाज प्रतिनिधित्व गर्ने प्रयास गरेको देखिन्छ।