×

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनलाई बालेनको समर्थन, युवा सोचप्रति चासो

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

२२ भदौ, काठमाडौं — सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भोलि आयोजना हुन लागेको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।

उमेरको सीमाले आफू सहभागी हुन नसक्ने भए पनि उनले प्रदर्शनमा जुट्ने युवाहरूको आवाज महत्त्वपूर्ण रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बालेनले आफू ती युवाहरूको सोच, भावना र उद्देश्य बुझ्न इच्छुक रहेको उल्लेख गरेका छन्।

“भोलिको र्‍याली पूर्ण रूपमा स्वत:स्फूर्त रूपमा Gen Z (Zen G) द्वारा आयोजना गरिएको छ। उनीहरू अधिकांश २८ वर्ष मुनिका छन्, जसको अगाडि म आफैं बुढो महसुस हुन्छु,” उनले भनेका छन्, “म सहभागी हुन सक्दिन, तर उनीहरूले के सोचिरहेका छन्, त्यो बुझ्न अत्यन्त आवश्यक छ। त्यसैले मेरो पूर्ण समर्थन छ।”

साथै, उनले चेतावनी पनि दिएका छन् कि उक्त र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेताहरू, कार्यकर्ताहरू वा अभियन्ताहरूले आफ्ना व्यक्तिगत वा संस्थागत स्वार्थ पूर्तिका लागि हस्तक्षेप गर्नु अनुचित हुनेछ।

बालेनले युवाहरूलाई सम्बोधन गर्दै प्रश्न पनि गरेका छन्:
“प्रिय Gen Z, तपाईंहरू कस्तो देशको कल्पना गर्नुहुन्छ?”

उनको यो अभिव्यक्ति युवाहरूको स्वतन्त्र अभिव्यक्ति र डिजिटल अधिकारप्रतिको समर्थनको संकेत हो। उनी स्वयं प्रदर्शनमा उपस्थित हुन नसके पनि सामाजिक रूपमा उनले दिएको समर्थनले र्‍यालीप्रति सार्वजनिक चासो थपिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x