अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे नम : ।।
पूर्वीय दर्शन र सनातन संस्कृतिमा गुरुको स्थान सर्वाधिक उच्च छ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने ‘गुरु पूर्णिमा’ एउटा पर्व मात्र नभएर ज्ञानदाता गुरुप्रति हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्ने महोत्सव पनि हो । ‘गुरु’ शब्द पेशा वा व्यवसाय मात्र होइन, यो श्रद्धा, समर्पण, त्याग र तपस्या पनि हो । मानव सभ्यताको विकास र चेतनाको विस्तारमा सद्गुरुको भूमिका आदि कालदेखि नै सर्वोपरि रहँदै आएको छ । गुरु त्यो चहकिलो प्रकाश हो जसले अज्ञानताको बाक्लो कुहिरोभित्र रुमल्लिरहेको मानवलाई ज्ञानको उज्यालोतर्फ डोर्याउँछ । गुरु पूर्णिमाको पावन दिनले हामीलाई तिनै गुरुप्रति कृतज्ञ हुन र उहाँहरूको उपदेशलाई आत्मसात गर्न प्रेरित गर्छ ।
शास्त्रीय दृष्टिमा गुरुको स्थान
हाम्रो धर्मशास्त्रहरूले गुरुलाई ईश्वरको साक्षात् स्वरूप मानेको छ । पूर्वीय वाङ्मयमा गुरुलाई माता–पिताभन्दा पनि उपल्लो श्रेणीमा राखिएको छ । माता–पिताले बालकलाई केवल भौतिक शरीर प्रदान गर्छन्, तर गुरुले उक्त शरीरभित्र ‘चेतना’ र ‘विवेक’ भरेर दोस्रो जन्म (द्विजत्व) दिन्छन । गुरु गीतामा भनिएको छ–‘गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः।।
‘गुरु’ शब्दको शाब्दिक र आध्यात्मिक अर्थ यस्तो छ, ‘गु’ को अर्थ अन्धकार वा अज्ञान र ‘रु’ को अर्थ नाश गर्ने वा त्यसलाई हटाउने प्रकाश हो । अर्थात्, जसले मानिसको मन र मस्तिष्कमा रहेको भ्रम, अज्ञानता, र संशयको अँध्यारोलाई चिरेर ज्ञानको ज्योति प्रवेश गराउँछन्, उही नै गुरु हुन ।
सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता
गुरुले शिष्यभित्र रहेको अज्ञानताको संहार गर्छन्, ज्ञानको सृष्टि गर्छन् र विवेकको पालन गर्छन । त्यसैले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर त्रिदेवको संयुक्त रूप मानिएको हो ।
गुरु पूर्णिमालाई ‘व्यास पूर्णिमा’ पनि भनिन्छ । चार वेद, अठार पुराण र महाभारत जस्ता पूर्वीय दर्शनका महान् ग्रन्थहरुका रचयिता महर्षि वेदव्यासको जन्म यसै दिन भएको थियो । धर्मशास्त्रका अनुसार व्यासजी आदिगुरु हुन्, जसले मानव सभ्यतालाई धर्म, अर्थ, काम र मोक्षको पथ प्रदर्शन गराए । उनकै जन्मजयन्तीको स्मरणमा आषाढ शुक्ल पूर्णिमालाई ‘गुरु पूर्णिमा’ वा ‘व्यास पूर्णिमा’ का रूपमा मनाइन्छ ।
आधुनिक सन्दर्भमा धर्म र नीतिको समन्वय
धर्मशास्त्रले मानिसलाई जीवनको उद्देश्य सिकाउनुका साथै अध्यात्म र परलोक सुधार्ने बाटो देखाउँछ भने नीतिशास्त्रले अनुशासनमा रहेर सफल, मर्यादित र व्यावहारिक जीवन जिउने कला सिकाउँछ । त्यसैले गुरु एक आदर्श र कुशल शिल्पकार हुन ।
आजको भौतिकवादी र प्रविधिको युगमा गुगल वा एआईले क्षणभरमै चाहेको सूचना वा जानकारी प्रदान गर्छन, सम्पूर्ण कुरा त्यहीँ छन । त्यो देख्दा लाग्छ अब गुरुको कुनै काम नै छैन त ? तर होइन, ती सूचनालाई ज्ञान र ज्ञानलाई विवेकमा बदल्ने काम त केवल गुरुले मात्र गर्न सक्छन त्यसैले गुरु विनाको त्यो आधुनिक र प्राविधिक ज्ञान केवल अपुरो र निरर्थक छ ।
गुरु धर्म र नीति दुवै शास्त्रका जिउँदा जाग्दा सहजकर्ता हुन । नीतिशास्त्रका अनुसार, ज्ञानेन हीनाः पशुभिः समानाः अर्थात ज्ञानविहीन मानिस पुच्छर र सिंग नभएको पशु समान हुन्छ । गुरुले मनुष्यलाई नीति, नियम, सदाचार र मर्यादा सिकाएर पशुत्वबाट देवत्वतर्फ अघि बढाएको पाइन्छ । असल गुरुले शिष्यको बौद्धिक विकास मात्र होइन उनीहरूमा करुणा, सेवाभाव र देशभक्ति जस्ता आधारभूत नैतिक मूल्य र मान्यताहरूको पनि बीजारोपण गर्छन ।
यस दुनियाँमा सच्चा मार्गदर्शकको रुपमा गुरु नै अग्रपंक्तिमा देखिन्छन । चाणक्य नीतिले स्पष्ट पार्छ कि गुरु त्यो मार्गदर्शक हो जसले सङ्कटको समयमा सही निर्णय लिने सामथ्र्य दिन्छ । चन्द्रगुप्त मौर्यलाई एक साधारण बालकबाट मगधको सम्राट बनाउने श्रेय आचार्य चाणक्यको मार्गदर्शनलाई नै जान्छ । धर्मशास्त्रले आध्यात्मिक उन्नति सिकाउँछ भने नीतिशास्त्रले सफल जीवन जिउनका लागि आवश्यक व्यावहारिक र नैतिक मूल्यहरूको पाठ सिकाउँछ । आचार्य चाणक्यले समेत आफ्नो नीति ग्रन्थमा गुरुको महत्वबारे विस्तृत चर्चा गरेका छन ।
चाणक्य भन्छन,‘गुरु अर्थात शिक्षक कहिल्यै साधारण हुँदैनन, विनाश र निर्माण उहाँसँगै रहेका हुन्छन ।’ एक असल शिक्षक वा गुरुले तयार पारेको नागरिकले नै देशको शासन व्यवस्था र भविष्य निर्धारण गर्छ । धन बंशको विनाश र चन्द्रगुप्त मौर्यलाई मगधको सम्राट बनाउनुमा आचार्य चाणक्यको कडा नीति र अद्वितीय मार्गदर्शन नै मुख्य कारक थियो ।
नीतिशास्त्र र व्यावहारिक जीवनमा गुरुको भूमिका
बालक जन्मिँदा एउटा काँचो माटोको डल्लो जस्तै हुन्छ । उसलाई आकार दिने, कुरा गुरुको हातमा हुन्छ । मानव जीवन सधैं सरल रेखामा चल्दैन, अनेक आरोह र अवरोह आइरहन्छन । जब मानिस चरम असफलता, निराशा वा द्विविधाको भुमरीमा पर्छ, तब सद्गुरुको अर्ती र उपदेशले नै उसलाई सही निर्णय लिने साहस र क्षमता दिलाउँछ । नीतिशास्त्रले त गुरुलाई अनुशासनको स्रोत नै मान्छ ।
आधुनिक युगमा फेरिएको गुरुको स्वरूप
२१ औं शताब्दी विज्ञान र सूचना प्रविधिको युग हो । आज स्मार्टफोनको एक क्लिकमा संसारभरका सूचनाहरू हातमै आइपुग्छन । कृत्रिम बौद्धिकता र इन्टरनेटले ज्ञानको क्षितिजलाई फराकिलो बनाई दिएका छन । यस्तो अवस्थामा प्रश्न उठ्छ, के अब गुरुको सान्दर्भिकता र औचित्य समाप्त भएकै हो त ?
यसको स्पष्ट र दृढ उत्तर हुन्छ, किमार्थ होइन, वर्तमानमा गुरुको औचित्य र सान्दर्भिकता अझै बढेको छ । सूचना र ज्ञान बीच फराकिलो अन्तर रहेको छ । इन्टरनेटले हामीलाई अथाह सूचनाको भण्डार दिन सक्छ, तर त्यो सूचनालाई जीवनोपयोगी ज्ञान र विवेकमा कसरी बदल्ने भन्ने कुरा गुरु बिना असम्भव छ भन्दा अतिशयोक्ति हुँदैन । प्रविधिमा संवेदना र करुणा हुँदैन, जुन केवल एक जीवित गुरुको स्नेहपूर्ण नजर र स्पर्शमा मात्र सम्भव छ ।
गुरुप्रतिको दायित्व
प्राचीन कालमा शिष्य दीक्षित भएपछि शिष्यले गुरुलाई ‘गुरुदक्षिणा’ चढाउने परम्परा थियो । आधुनिक सन्दर्भमा गुरुदक्षिणाको अर्थ केवल आर्थिक वा भौतिक वस्तु उपहारको रुपमा दिनु मात्र होइन । यदि कुनै शिष्य गुरुले देखाएको सत्य, धर्म र न्यायको मार्गमा अनुशासित भै हिँड्छ भने, सदाचारी भै समाजमा राम्रो काम गरेर सम्मान पाउँछ भने, असल नागरिक भै समाजमा योगदान दिन सक्छ भने, त्यो नै उसको गुरुका लागि सबैभन्दा ठूलो विजय, पुरस्कार र गुरुदक्षिणा हो ।
शास्त्रमा वर्णित गुरु भक्तिका केही उदाहरणहरू
गुरु शिष्य परम्परामा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले गुरु वशिष्ठ र विश्वामित्रको सेवा गरेर ज्ञान र अस्त्र–शस्त्रको दीक्षा लिएका थिए । योगेश्वर श्रीकृष्णले गुरु सान्दीपनीको आश्रममा शिक्षा लिएका थिए । गुरु परशुराम र द्रोणचार्य अनि गुरु द्रोणाचार्य र धनुर्धर अर्जुनको सम्बन्ध, साथै गुरुप्रति एकलव्यको अगाध श्रद्धा र निष्ठा आज पनि अनुकरणीय र अनुपम उदाहरणका रूपमा जीवित छन ।
निष्कर्ष
गुरु पूर्णिमा केवल औपचारिकतामा मात्र होइन । यो त गुरुले देखाएको सत्य, सदाचार र न्यायको मार्गमा अग्रसर हुन सङ्कल्प लिने दिन हो । धर्मशास्त्र प्रतिको आध्यात्मिक चेतना र नीतिशास्त्रको व्यावहारिक मार्गदर्शनलाई जीवनमा उतार्नु नै गुरुप्रतिको सच्चा भक्ति हो । त्यसैले, गुरु पूर्णिमा जस्ता पवित्र पर्वहरूमा मात्र नभएर जीवनको हरेक पलमा गुरुप्रति कृतज्ञ रहनु, अनुशासित हुनु हामी सबैको परम कर्तव्य हो । हामीलाई अक्षर चिनाउने अक्षर–गुरुदेखि जीवन जगतका बारेको सत्य बुझाउने आध्यात्मिक गुरुहरू प्रति आभार व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र सुकीर्तिको शुभकामना ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.