×

बालविवाह विरुद्धको जनचेतनामूलक सन्देश र नाटक रूपान्तरण

खालीपाना न्युजडेस्क | २ दिन अगाडि

काठमाडौं । बालविवाह प्रथा आजको मितिमा आइपुग्दा सहर र सुगम ठाउँहरूमा धेरै हदसम्म न्यून भइसकेको छ । नेपालमा अबको केही वर्षभित्रै बालविवाह पूर्णरूपमा अन्त्य हुनेछ, जुन हामी सबै नेपाली आमाबुवा र छोराछोरीको लागि निकै खुसीको कुरा हो । नेपालको संविधान र कानुनले बालविवाहलाई दण्डनीय अपराध मानेको छ भने विभिन्न संघसंस्थाको पहलले यसलाई घटाउन ठूलो सहयोग पु¥याएको छ ।

पछिल्लो तथ्यांक नेपालमा हालैका सरकारी तथा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन र नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को तथ्यांक अनुसार नेपालमा बालविवाहको विद्यमान दर ३५ प्रतिशत रहेको छ । नेपाल कानुनले २० वर्षमुनिको विवाहलाई बालविवाह मान्दछ, जस अनुसार अझै पनि ठूलो संख्यामा बालबालिका यसको चपेटामा छन् ।

नेपालका कुना–कन्दरामा बालविवाह सामान्य मानिन्थ्यो । आज सहरी क्षेत्रमा यसको अन्त्य हुँदै गएपनि दूरदराजका गाउँहरूमा यो अन्त्य हुन सकेको छैन । बालविवाहका कारण बालबालिकाले शारीरिक, मानसिक र आर्थिक रूपमा ठूला समस्या तथा चुनौतीहरू भोग्नुपरेको छ । सानै उमेरमा विवाह गर्दा किशोरीहरूले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अझै पनि विद्यमान छ ।

बालविवाहविरुद्धको सचेतनामूलक लघुसंवाद (नाटक)

पात्रहरूः

बुवा र आमाः सीता

सीताः १६ वर्षकी कलिलो उमेरकी चेतना भएकी छोरी (विद्यार्थी)

इष्टमित्र (काका)ः विवाहको प्रस्ताव बोकेर आउने छिमेकी÷इष्टमित्र

(दृश्यः एउटा दुरदराजको रमणीय तर अशिक्षाले ग्रसित गाउँ । बर्खाको समय छ, चारैतिर हरियाली र धान–कोदोका खेत छन् । आकाशमा कालो बादल मडारिएको छ । घरभित्र १६ वर्षकी कलिलो उमेरकी मुना (सीता) छिन् । उमेर नपुग्दै विवाह गर्न दबाब दिने इष्टमित्रहरू हातमा कोसेली बोकेर सीताको घरमा प्रवेश गर्छन् ।)

इष्टमित्र ः (ढोका बाहिरबाट) यो घरमा को हुनुहुन्छ ? कोही हुनुहुन्छ भने बाहिर आउनुस त हजुर !

बुवा ः (खुसी हुँदै बाहिर आउँदै) हजुर हजुर, भन्नु न हामी छौँ । ओहो ! आज साँझको बेला हाम्रो घरतिर तिनजना पाहुना पो आउनुभयो त ! यो त अचम्मै भयो नि ! (हाँस्छन)

इष्टमित्रः भित्रै बसाउनुहुन्छ कि बाहिरै बसेर गफ गरौँ, सम्दीज्यू ?

बुवाः ओ हो घरमा पाईला टेक्दै सम्दीज्यू पो भन्नुभयो । आउनुस् न, भित्रै बसेर कुरा गरौँ । बर्खाको समय, कतिबेला झरी पर्छ ठेगानै हुँदैन ।

(सबैजना भित्र जान्छन्। इष्टमित्रले कोसेली बिसाउँछन् र कुरा सुरु हुन्छ ।)

इष्टमित्रः हेर्नुस् सम्दीज्यू, अब ढिला नगरी हजुरको कलिलो मुना (छोरी) लाई लिएर मेरो घरको आँगनमा थपक्कै भित्र्याउनु पर्छ । उमेर पनि पुगिसक्यो !

बुवाः हो नि, मुना रोप्ने बेला त भइसक्यो । १५ वर्ष पुगेर १६ लागिसकी, अब यही वर्षभित्रै विवाह गरिदिने सोचेको छु ।

इष्टमित्रः अँ है, ढिलो गर्नु हुँदैन, नत्र उमेर छिप्पिन्छ नि !

(यतिकैमा कामबाट घर फर्किएर छोरी सीता आइपुग्छिन।)

सीताः नमस्कार काका ! आज त हाम्रो घरमा पाहुना पो आउनुभएको रहेछ ।

इष्टमित्रः हो नि नानी, तिम्रो भविष्यको कुरा गर्न आएको काका ।

(साँझ पर्छ, विवाहको कुरा गम्भीर बन्दै जान्छ । सीताले कुरा बुझेर नाइँनास्ति गर्न थाल्छिन् ।)

बुवा ः छोरी, अब तिमी ठूली भइसक्यौ, विवाह गर्नुपर्छ । उहाँको छोरासँग तिम्रो बिहे पक्का गर्न उहाँहरू आउनुभएको छ । अब छिट्टै विवाह गर्नुपर्छ ।

सीताः नाइँ बुवा ! म त पढेर ठूलो मान्छे, नर्स बन्ने सोचमा छु । अहिले विवाह गर्दा मेरो पढाइ बिग्रिन्छ । म तपाईहरू संगै बसेर पढ्छु, अहिले विवाहको कुरा नगर्नुहोस् प्लिज

इष्टमित्रः होइन छोरी, नर्स किन र ? डाक्टर नै पढाउँला नि, तर मेरो छोरासँग बिहे त गर्नैपर्छ ।

सीताः काका, अहिले त्यस्तो कुरा नगर्नु न ! म सानी छु, भर्खर त १६ वर्ष पुगेँ । मलाई अहिले विवाह गर्ने कुनै इच्छा छैन ।

इष्टमित्रः कहाँ त्यस्तो भनेर हुन्छ नानी ? १७ पुगिसकेपछि त केटी मान्छे छिपिन्छ नि !

सीताः बुवा ! मलाई पढेर समाजको सेवा गर्ने रहर छ । यो गाउँमा सानै उमेरमा विवाह गरिदिने चलनले गर्दा नै हाम्रो समाज पछाडि परेको हो । कानुनले पनि विवाह गर्ने उमेर २० वर्ष तोकेको छ नि !

आमा ः छोरी, यो कानुन पछि बनाएको चलन हो । जति छिटो विवाह गर्यो, त्यति राम्रो हो । छोरी मान्छेले त पराई घर जानैपर्छ, आखिर किन ढिलो गर्नु र ?

सीता ः (रुँदै) आमा, तपाईंपनि त्यसो नभन्नुहोस न, म तपाईको इज्जतमा कहिल्यै दाग लगाउने छैन । असल काम गरेर देखाउँछु, यो मेरो बाचा भयो । मलाई पढ्न दिनुहोस् ।

आमाः छोरी पराई घर पठाउनैपर्छ, ढिलो गर्दा केटी मान्छेलाई दुःख हुन्छ । मैले पनि त १३ वर्षको उमेरमा विवाह गरेकी हुँ नि !

सीताः (रिसाउँदै र रुँदै) तपाईंले १३ वर्षको उमेरमा विवाह गरेर के उपलब्धि भयो ? के फाइदा भयो, भन्नु त ! तपाईं कति कमजोर हुनुभएको छ ? भर्खर ३५ वर्ष लाग्दै हुनुहुन्छ, तर देख्दा ७० वर्षकी बूढी जस्ती देखिनुहुन्छ । बच्चा पाउँदा कति पटक गर्भपतन भयो, कति बच्चाहरू मरे ! अन्त्यमा म र भाइ मात्रै भाग्यले बाँच्यौँ । कति पाप लाग्छ ती कलिला शिशुहरूले पाईला नटेग्दै विलाउनु पर्दा ? यो सबै तपाईंको परिपक्क शरीर नभएका कारणले भएको हो । अनि अझै गर्वका साथ भन्दै हुनुहुन्छ कि मैले १३ वर्षमै विवाह गरेँ भनेर !

(सीता धेरै रुन थाल्छिन् र आफ्नो कोठामा जान्छिन् । बाबुले इष्टमित्रलाई सम्झाउँदै भन्छन)

बुवाः तपाईंहरू अहिले जानुस्, म सम्दी बनाएरै छाड्छु । म छोरीलाई सम्झाउँछु, अबको एक हप्ताभित्र विवाहको तयारी गर्नुस् ।

(दृश्यः अर्को दिन बिहान, सीता फेरि आमाबुवालाई सम्झाउन प्रयास गर्छिन्।)

सीताः बाबा–आमा ! तपाईंहरूले मेरो कुरा बुझ्नुभएन भने कसले बुझ्छ ? अस्ति पल्लो घरकी दिदीको विवाह भएको एक वर्ष नपुग्दै बच्चा जन्माउने क्रममा ज्यान गुमाउनु पर्यो नि ! सानै उमेरमा विवाह गर्दा शरीर शारीरिक रूपमा कमजोर हुन्छ र प्रसूति गृहमा ज्यानै जान्छ । स्कुलमा सर–म्यामले पनि बालविवाहका भयानक परिणामहरू सिकाउनुभएको छ नि ! मेरो अवस्था पनि भोलि त्यस्तै होला नि, आमा ?

आमाः छोरी, गाउँभरिका मान्छेले कुरा काट्लान् नि ! ‘अहिले सम्म छोरीको बिहे गरेकी छैन’ भनी खिसी गर्लान् । हामी तिम्रो भलाइ नै चाहन्छौँ नि !

सीताः आमा, बुवा ! धेरै सन्तानपछिका हामी दुई मात्र त जीवित सन्तान छौँ । हामीलाई माया गर्नुहुन्छ भने अहिले विवाहको कुरा नगर्नुहोस् । उमेर पछि म आफैँ सक्षम भएर विवाह गर्छु ।

(सीता बाहिर जान्छिन् तर आमाबुवाको कुरा बाहिरबाट सुन्छिन्।)

बुवाः छोरीले कुरा त ठिकै गरेकी हो, तर मेरो साथीले चित्त दुखाउला कि ? बिहे त समयमै गरेको राम्रो होइन र, बुढी ?

आमाः छोरीको कुरा राम्रै हो, तर यही गाउँठाउँमा भोलि समाजले के भन्छ ? बरु बिहे नै गरिदिम, एकदुई दिन नमान्ला, त्यसपछि त बानी परिहाल्छ नि !

(बाहिरबाट सीता यो कुरा सुनेर भक्कानिन्छिन् र रुँदै भन्छिन)

सीताः मेरो आमाबुवा नै मेरो शत्रु बन्नुभयो ! अब म कसलाई गुहारूँ ? भगवान ! मेरै गाउँमा कतिपय दिदीबहिनीहरू मृत्युसँग लडिरहेका छन्, कसैले ज्यान गुमाइसके । भोलि त्यही अवस्था मेरो पनि आउनेछ !

(दृश्यः आमाबुवाको कडा जिद्दि र दबाबका कारण अन्त्यमा सीताले आत्मसमर्पण गर्नुपर्छ र उनको विनाइच्छा धुमधामसँग बालविवाह गरिन्छ । विवाहपछि सानै उमेरमा उनी गर्भवती हुन्छिन् । स्याहारसुसार पाउने उमेरमा उनले घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्नुपर्छ । पोषिलो खानेकुरा पाइन्, न स्वास्थ्य जाँच भयो । श्रीमान् कमाउनका लागि विदेश जान बाध्य हुन्छन् । प्रसव वेदना सुरु हुँदा उनलाई नजिकैको सामान्य स्वास्थ्य चौकी लगिन्छ, जहाँ अत्यधिक रक्तस्रावका कारण उनले मूर्छा पर्दै अकालमै प्राण त्याग गर्न पुग्छिन्।)

‘के हाम्रो समाजले आज पनि बालविवाहको यही भयानक परिणति चाहेको हो त ?’

आजपनि दुरदराजका गाउँहरूमा बालविवाह जस्तो जघन्य अपराधले धेरै किशोरीहरूलाई अकालमै कालको मुखमा धकेलिरहेको छ । कानुनले बालविवाहलाई पूर्ण रूपमा निषेध गरे तापनि यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन ।

कागजमा लेखिएका नियमहरूलाई अब केन्द्रमा मात्र सीमित नराखी दूरदराजका गाउँ–गाउँसम्म कडा रूपमा लागु गर्नुपर्छ । बालविवाह गराउने जोकोहीलाई पनि कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनुपर्छ, ताकि कुनै पनि सीताले अकालमा आफ्नो ज्यान गुमाउन नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.