×

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा रहेको गौमूल गाउँपालिकाले भौगोलिक विकटता, न्यून जनसंख्या र बजेट अभावका बीच पनि पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

गौमूल गाउँपालिका–४ का वडाध्यक्ष अमर विकले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा संघीय संरचनापछि स्थानीय सरकारले जनताका साना समस्या आफैं समाधान गर्न सक्ने अवस्था बनेको र ठूला योजनाहरू प्रदेश तथा संघीय सरकारमार्फत कार्यान्वयन भइरहेको बताए ।

वडाध्यक्ष विकका अनुसार बाजुराजस्तो दुर्गम जिल्लाले अन्य जिल्लाको तुलनामा बढी बजेट पाउनुपर्ने आवश्यकता रहेपनि भौगोलिक विकटता र कम जनसंख्याका कारण संघीय तथा प्रदेश सरकारबाट अपेक्षाअनुसार बजेट विनियोजन हुन सकेको छैन । उनले दुर्गम क्षेत्रको वास्तविक आवश्यकता र लागतलाई आधार बनाएर बजेट वितरण हुनुपर्नेमा जोड दिए ।

उनले गाउँपालिकामा वडा नम्बर १ बाहेक अन्य पाँचवटै वडासम्म कच्ची सडक पुगेको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र वडा नम्बर १ सम्म पनि सडक विस्तार गर्ने लक्ष्य रहेको बताए ।

उनले थपे, ‘खानेपानीका ९० प्रतिशतभन्दा बढी आयोजना सम्पन्न भइसकेको, सबै बस्तीमा विद्युत् पुगेको र कम क्षमताका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको दसियाको अस्पताललाई यसै वर्ष राष्ट्रिय लाइनसँग जोड्ने गरी ठेक्का प्रक्रिया पूरा भएर पोल गाड्ने काम भइरहेको छ ।’

विकका अनुसार गाउँपालिकामा दूरसञ्चार सेवा विस्तारका लागि टेलिफोन टावर निर्माण भइरहेका छन् र अधिकांश क्षेत्रमा फोन सेवा सहज बन्दै गएको छ । उनले विद्यालय र स्वास्थ्य संस्थाका आधारभूत भवन निर्माण सम्पन्न भइसकेको बताए । यद्यपि, ठूला खोला तथा नदीमा मोटरेबल पुल निर्माण हुन नसक्दा वर्षभर सहज यातायात सञ्चालन गर्न अझै चुनौती रहेको उनको भनाई छ ।

प्रदेश र संघीय सरकारबाट विभिन्न विकास आयोजना सञ्चालन भइरहे पनि प्रदेश सरकारले गाउँपालिकाको प्राथमिकताभन्दा बाहिरका योजना बढी पठाउने गरेको उनको भनाइ छ । उनले भने, ‘जनताले प्रत्यक्ष लाभ पाउने र गाउँपालिकाले प्राथमिकता दिएका योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आवश्यक छ ।’

विकले गाउँपालिकामा न्यायिक तथा प्रशासनिक काम पारदर्शी र विवादरहित ढंगले सञ्चालन भइरहेको बताए । उनले विपद् व्यवस्थापनका लागि गाउँपालिका र सबै वडामा समिति गठन गरिएको, पूर्वतयारी, तालिम, उपकरण व्यवस्थापन तथा टोलस्तरसम्म सम्पर्क व्यक्ति तोकेर आवश्यक समन्वयको व्यवस्था गरिएको जानकारी दिए ।

तर नियमित लेखापालको अभाव र प्रमुख प्रशासकीय अधिकृत दुर्गम क्षेत्रमा आउन नचाहने प्रवृत्तिका कारण आर्थिक प्रशासन र विकास निर्माणका काममा केही ढिलाइ हुने गरेको उनको भनाइ छ ।

पालिकामा महिला सशक्तीकरण, घरेलु हिंसा न्यूनीकरण, मदिरा व्यवस्थापन तथा बालबालिका लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा समेत सकारात्मक परिवर्तन देखिन थालेको बताए । उनले भने,‘छाउपडी गोठ भत्काउने अभियान प्रभावकारी बनेको छ, जातीय विभेदमा कमी आएको छ र नयाँ पुस्तामा सकारात्मक सोचको विकास भइरहेको छ ।’

विकले गाउँपालिकाको प्रशासकीय भवन र वडा नम्बर ४ मा निर्माणाधीन फन पार्क अन्तिम चरणमा पुगेको बताए । अस्पताल भवन निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा छ । आगामी प्राथमिकता सबै वडा कार्यालयसम्म मोटरेबल सडक विस्तार, वर्षैभरि सञ्चालन हुने मोटरेबल पुल निर्माण तथा दुर्गम बस्तीमा आधारभूत सेवा सहज रूपमा पु¥याउने रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.