×

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

खालीपाना न्युजडेस्क | ४३ मिनेट अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् । व्यापारलाई दबाबको माध्यम बनाएर आणविक शक्ति सम्पन्न दुई छिमेकीबीचको तनाव थप बढ्न नदिएको उनको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारसम्बन्धी उपायमार्फत समाधान गरेको बताए । त्यसको उदाहरणका रूपमा उनले भारत र पाकिस्तानबीचको द्वन्द्व उल्लेख गरे ।

‘मैले आठवटा युद्ध अन्त्य गरेँ । तीमध्ये पाँचवटा युद्ध व्यापारको प्रयोगबाट अन्त्य भएका हुन, जस्तै भारत र पाकिस्तान,’ ट्रम्पले भने । भारत र पाकिस्तानबीच सैन्य तनाव बढिरहेका बेला आफूले दुवै देशका प्रधानमन्त्रीलाई सम्पर्क गरेको र युद्ध जारी राखे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएको उनले बताए ।

‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने अवस्था सिर्जना गर्ने बताएँ,’ ट्रम्पले भने । उनका अनुसार दुवै देशका नेताले सुरुमा यस्तो कदमप्रति असहमति जनाएका थिए । तर, आफूले शुल्क लगाउने निर्णयबाट पछि नहट्ने बताएपछि दुवै पक्षलाई सैन्य कारबाही रोक्ने बहाना मिलेको हुन सक्ने उनले टिप्पणी गरे ।

ट्रम्पले आफ्नो हस्तक्षेपपछि तत्काल युद्ध रोकिएको दाबी गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उल्लेख गरे । यसअघि अक्टोबर २३ मा फ्लोरिडामा आयोजित चुनावी सभामा पनि ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न आफूले भूमिका खेलेको दाबी गरेका थिए । दुवै देशलाई अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएपछि गोली चल्न रोकिएको र युद्ध अन्त्य भएको उनको भनाइ थियो ।

भारतले अस्वीकार गर्दै आएको छ ट्रम्पको दाबी

भारतले भने द्वन्द्वका क्रममा ११ वटा विमान खसालिएको भन्ने ट्रम्पको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ । साथै, भारतले भारत–पाकिस्तानबीचको युद्धविराममा कुनै तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ ।

भारतका अनुसार ‘अपरेसन सिन्दूर’का क्रममा सैन्य कारबाही रोक्ने सहमति पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले आफ्ना भारतीय समकक्षीसँग सम्पर्क गरी कारबाही रोक्न आग्रह गरेपछि भएको थियो ।

भारतले गत वर्ष मे ७ मा पाकिस्तान र पाकिस्तानको नियन्त्रणमा रहेको जम्मु–कश्मीर क्षेत्रमा आतंकवादी पूर्वाधारलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गरेको थियो । अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा सुरु गरिएको उक्त कारबाही मे १० मा पाकिस्तानको अनुरोधपछि स्थगित गरिएको भारतको भनाइ छ ।

ट्रम्पले आफूले अन्तरराष्ट्रिय द्वन्द्व समाधान गर्न भूमिका खेले पनि नोबेल शान्ति पुरस्कार नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अक्टोबर १० मा सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले आफूले आठवटा युद्ध समाधान गरेको र थप दुई द्वन्द्व अन्त्य गर्ने वा समाधान गर्ने नजिक पुगेको दाबी गरेका थिए ।

नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा भारतीय मूलकी दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई अन्तरराष्ट्रिय शान्ति र कानुनी शासन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसपछि ट्रम्पले आफूले गरेका भनिएका कूटनीतिक प्रयासका बाबजुद पुरस्कार नपाएको विषयमा प्रश्न उठाउँदै आएका छन् । एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.