काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी–२० मा लिस्ट ‘ए’ को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ।
यो आयोजन चर्चामा आउने एउटामात्र कारण छैन। यसमा सहभागी खेलाडी र यसप्रतिको क्रेजका कारण पनि एनपीएल चर्चामा छ।
यतिखेर यस्तै चर्चाका पात्र बनेका छन् एक किशोर राहुल। रौतहट चन्द्रनिगाहपुरका खेलाडी राहुलले १६ वर्षको उमेरमै एनपीएल खेल्ने मौका पाए र उनले आफूलाई अब्बल प्रमाणित गरे। जनकपुर बोल्ट्सका ‘आइकोनिक खेलाडी’ राहुल यादव केही दिनअगाडि मात्रै ‘ट्यालेन्ट हन्ट’मार्फत छानिएका हुन्। राहुलले मंगलबार टिमको पहिलो खेलमै मौका पाए। हरेक फ्रेन्चाइज टोलीमा आइकोनिक खेलाडी अनिवार्य गरिएको छ। स्थानीयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका एक खेलाडीलाई हरेक टिमले आइकोनिक खेलाडीका रूपमा राख्ने गर्दछ। तर, टिममा परे पनि सबै आइकोनिक खेलाडीले खेल्ने मौका भने पाउँदैनन्।
राहुलले भने जनकपुरको पहिलो खेलमै खेल्ने मौका पाए। उनको सपना (ड्रिम) थियो खेलमा ‘डेब्यु’ गर्ने अर्थात् पहिलोपटक मैदानमा प्रवेश गर्ने। मंगलबार उनको ‘ड्रिम डेब्यु’ साकार भएको थियो। गत संस्करणमा खराब लयमा रहेको जनकपुरले पहिलो खेलमै राहुललाई मौका दियो। मैदानमा उनको प्रवेशसँगै धेरै समर्थक आश्चर्यमा परेका थिए।
राहुलले पाएको मौकाको सदुपयोग मात्रै गरेनन्, सबैको ध्यान आफूतिर ताने। त्यो कारण थियो राहुलको पहिलो एनपीएल, पहिलो खेल, पहिलो ओभर र पहिलो बलमै विकेट। टस जितेर जनकपुरका कप्तान हरमित सिंहले कर्णाली याक्सका विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका थिए। हरमितले पावरप्लेमै राहुललाई बलिङ गर्ने जिम्मा दिए। राहुलले कप्तानको विश्वासको रक्षा गरे। जनकपुरविरुद्ध उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान दीपक डुम्रेलाई पभेलियनको बाटो देखाए।
कर्णालीले आक्रमण सुरु गर्न थालेपछि तेस्रो ओभरमा राहुल बलिङमा आएका थिए। अघिल्लो ओभरमा दुई छक्का प्रहार गरेर आक्रामक सुरुवात गरिरहेका डुम्रेलाई राहुलले मैदानबाहिरको बाटो देखाएपछि प्यारापिट एकाएक जनकपुरको झण्डाले रंगिन हुन पुगेको थियो। समर्थक उत्साहित देखिन्थे।
डुम्रेपछि पाकिस्तानी अनुभवी अलराउन्डर हुसेन तलात मैदानमा आए।
राहुलको प्रदर्शन लोभलाग्दो देखिएपछि त्यसपछि थप चासोका साथ उनको बलिङ आक्रमण हेर्न थालियो। उनले पहिलो बलमा विकेट लिएपछि पाँचौँ बल डट राखे। अन्तिम बलमा एक रन दिए।
त्यसपछि उनलाई पावरप्लेको अन्तिम ओभरमा पनि बलिङ गर्न लगाइयो। उनले ओभरको सुरुमा दुई डट बलपछि दबाबमा रहेका तलातलाई तेस्रो बलमा अनिलकुमार साहको हातबाट क्याच आउट गराए। पावरप्लेमा दुई ओभर बलिङ गरेका राहुलले दुई रन खर्चेर दुई महत्वपूर्ण विकेट हात पारे। यो खेलमा यादवले चार ओभर बलिङ गरे। जसमा उनी विपक्षी टिमलाई दबाबमा राख्न सफल भए। समग्रमा उनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए। खेलपछि उनी ‘इनर्जेटिक मोमेन्ट अफ द म्याच’ चुनिए र २५ हजार पुरस्कार पाए।
राहुलको प्रदर्शनबाट त्यसो त सबै क्रिकेटप्रेमी खुसी छन्, तर रौतहटको चन्द्रनिगाहपुर र बेतौनामा थप खुसीयाली छाएको छ। चन्द्रनिगाहपुरका खेलप्रेमी पत्रकार दीपु मिश्र भन्छन्– राहुलले यहीँको बेतौनाको खेलमैदानबाट क्रिकेट खेल्न प्रारम्भ गरेका हुन्। उनले सानै उमेरमा जिल्लालाई चिनाएका छन्।
हाम्रा लागि प्रतिष्ठा आर्जन गरेका छन्। यस्तै मंगलबार टीयू मैदानमै गएर खेल हेर्दै राहुलको प्रदर्शनबाट प्रभावित खेलप्रशंसक दीपककुमार झाका अनुसार राहुलमा योग्यता छ, उनलाई भविष्यमा मौका दिइए उनले थप योगदान दिन सक्ने विश्वास गर्न सकिन्छ।
राहुलको प्रदर्शनबाट जनकपुरका कप्तान हरमित सिंह पनि प्रभावित बनेका छन्। हरमितले खेल समाप्तिपछि पत्रकारसँग राहुलको खुलेरै प्रशंसा गरे। ‘राहुलको खेल एकदमै राम्रो छ। नेपाली क्रिकेटको आगामी ठूलो स्टार बन्न सक्छन्। उनले आफ्नो पहिलो खेलमै क्षमता देखाएका छन् र उनीसँग राम्रो सीप छ, शुभकामना दिन चाहन्छु,’ हरमितले भने।
राहुलले उत्कृष्ट प्रदर्शन गरे पनि खेलमा भने जनकपुर कर्णालीसँग १९ रनले पराजित भयो।
‘राहुलको नेपालको जर्सी लगाएर क्रिकेट खेल्ने सपना छ। यही लयमा रहने हो भने उनको सपना चाँडै पूरा हुने विश्वास गर्न सकिन्छ,’पत्रकार मिश्र भन्छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.