काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त भइरहेको छैन भन्ने चिन्ता पैदा भएको बताए ।
उनले भने, ‘राष्ट्रिय राजनीति अहिले हामीले सोचेजस्तो सकारात्मक दिशामा अगाडि बढिरहेको छैन । संकटको अवस्थामा छ । के हुने हो भोलि भन्ने त्रास फैलिएको हो । देशकै भविष्यप्रति चिन्ता जागेको छ । हाम्रो देशको अस्तित्व, देशको सार्वभौम सत्ता, हाम्रो देशको भौगोलिक अखण्डता र देशको परराष्ट्र नीति यी सबै कायम रहन्छन् कि रहँदैनन्। विदेशीहरूको कतै खेलमैदान त भइरहेको छैन। विदेशीहरूको खेलमैदान भएपछि नेपालीहरूको के होला हालत? हामी चिन्तित हुन्छौं ।’
नेपालले इरानलगायत विभिन्न देशका घटनाबाट नेपालले पनि पाठ सिक्नुपर्ने उल्लेख गर्दै बुद्ध जन्मिएको शान्तिभूमि नेपाल शान्तिपूर्ण रूपमा रहिरहन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको बताए।
उनले भने, ‘बुद्ध जन्मेको शान्तिभूमि नेपाल शान्तिपूर्ण ढंगले रहिरहन सक्छ कि सक्दैन? अहिलेको सरकारको काम, गतिविधि र व्यवहारहरूले मानिसलाई अत्यन्तै सशंकित बनाइरहेको छ । यो सबै अवस्थाभित्र एउटा जिम्मेवार शक्तिको हिसाबले हाम्रो पार्टीले सजगता अपनाउनुपर्ने आवश्यक छ । तमासा हेरेर बस्न सक्दैनौं। चुनौतीहरूको सामना गर्ने हो।’
उनले वर्तमान सरकारको काम, गतिविधि र व्यवहारले जनतामा गम्भीर आशंका उत्पन्न गराएको आरोप लगाए। यस्ता परिस्थितिमा आफ्नो पार्टीले जिम्मेवार राजनीतिक शक्तिका रूपमा सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
नेपालले देशको लोकतन्त्र, संविधान र गणतन्त्रमाथि कुनै षड्यन्त्र भइरहेको त छैन भन्ने प्रश्न अहिले जनस्तरमा उठ्न थालेको उल्लेख गरे। जनतालाई ढुक्क बनाउने दायित्व सत्तारूढ पक्षको भए पनि सरकारकै गतिविधिले आशंका बढाएको भन्दै अन्य जिम्मेवार राजनीतिक दलहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘हाम्रो देशको लोकतन्त्रमा कतै गम्भीर खतरा उत्पन्न हुने त होइन। हाम्रो संविधान नै कतै धरापमा पर्ने त होइन। हाम्रो गणतन्त्रको बारेमा कतै षड्यन्त्र त भइरहेको छैन। यी सबै प्रश्न खडा भएका छन्। जनतालाई ढुक्क बनाउने जिम्मेवारी अहिले सत्तामा बसेकाहरूको हो तर उनीहरूको क्रियाकलापले जनतामा शंका उत्पन्न हुन्छ भने अन्य जिम्मेवार पार्टीहरूको पनि जिम्मेवारी हुन्छ।’
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.