×

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पहिलो कानुनको तयारी, समुदाय–केन्द्रित मोडलमा जोड

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नेपालमा पहिलो पटक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र दस्तावेजीकरणका लागि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकमाथिको छलफल तीव्र पारिएको छ ।

यस विधेयकले देशका अमूर्त सम्पदाहरूलाई कानूनी दायरामा ल्याउने महत्त्वपूर्ण प्रयास गरेको छ । विधेयकमा अमूर्त (वा अभौतिक) सांस्कृतिक सम्पदाको परिभाषा, राष्ट्रिय सूचीकरणका प्रावधानहरू र समुदायका अधिकारसम्बन्धी विषयहरू समेटिएका छन् । आईसीएच विज्ञ भीम नेपालले यो नेपालको सन्दर्भमा पहिलो प्रयास भएकाले सबै कुरा समेट्न नसके पनि संरक्षणका लागि महत्त्वपूर्ण आधार तयार गरेको बताएका छन् ।

उनले, विधेयकको नामकरणका सन्दर्भमा ’अभौतिक’ ’अमूर्त’ वा अन्य शब्द राख्ने विषयमा समितिमा विस्तृत छलफल भएको बताए । नेपालले ’अमूर्त’ भन्दा आकार वा प्रकार नभएका विषय समेटिने र ’अभौतिक’ ले आध्यात्मिक तथा धार्मिक पक्षलाई समेत जोड्न खोज्ने भए तापनि, शब्दभन्दा पनि कानून निर्माण र कार्यान्वयन मुख्य विषय हुनुपर्नेमा जोड दिइएको बताए ।

संस्कृति विशेषज्ञ सोम धिमालले यो विधेयक युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा महासन्धिको उद्देश्य अनुरुप समुदाय–केन्द्रित रहेको बताए । उनले, महासन्धिको मुख्य मर्म सम्पदाको पुस्तान्तरण, संरक्षण, हस्तान्तरण र एक पुस्ताबाट अर्को पुस्तामा निरन्तरता दिनु रहेको बताए ।

नेपाल न्यूज बैँक संगको विषेश कुराकानीमा धिमालले राज्यको तीन तहको सरकार (संघीय, प्रदेश र स्थानीय) लाई अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि उत्तरदायी बनाउने प्रयास विधेयकले गरेको बताए ।

उनले भने, ‘विपद् वा महामारी जस्ता प्रकोपले क्षति पु¥याएका सम्पदालाई स्थानीय समुदायको अपनत्व र सहभागितामा पुनर्जीवित गर्न राज्यले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था यसमा राखिएको छ’ ।

उनले थपे, नेपालमा अहिले सांस्कृतिक क्षेत्रभित्र रहेका ज्ञान र सीपका धनी वरिष्ठ कलाकार तथा अभ्यासकर्ताहरू वृद्ध हुँदै जानु र युवा पुस्ता रोजगारीको अभाव तथा वैदेशिक रोजगारीका कारण आकर्षित नहुनुले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको अवस्था चिन्ताजनक बन्दै गएको छ । यसलाई आयआर्जनसँग जोड्न नसकिएको पक्ष पनि औंल्याएका छन् ।

धिमालले पर्व परम्परालाई जोढ्दै, अहिलेको अवस्थामा नेपालका चाडपर्व, जात्रा र परम्परागत ज्ञानलाई राज्यको ठूलो आर्थिक सहयोगबिना नै सम्बन्धित समुदायले स्वेस्फूर्त रूपमा जोगाउँदै आएको कुरा स्पस्ट पारे । वैद्य, धामी–झाँक्री र प्रथाजनित कानूनका माध्यमबाट समुदायकै अग्रजहरूले अहिलेसम्म यसलाई निरन्तरता दिइरहेका छन । उनले भने,

भविष्यमा राज्यले राष्ट्रिय अभिलेख तयार गरी सूचीकरण गरेमा समुदायमा अपनत्वको भावना अझ बलियो हुने स्पष्ट । राज्यले ऐन फन्डिङ र राष्ट्रिय सूचीकरणको व्यवस्था गरिदिने र समुदायले आफ्ना ज्ञान, सीप र संस्कृतिलाई पुस्तान्तरण गर्दै सक्रिय भूमिका खेले मात्र अमूर्त सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.