×

श्रम संस्कृति पार्टी र श्रमदान : आत्मनिर्भर नेपालको आधार

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा विभिन्न विचार, सिद्धान्त र एजेन्डा बोकेका धेरै राजनीतिक दलहरूको उदय भयो । हरेक दलले समृद्धि, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका नारा अघि सारे । तर आज पनि आम नागरिकले अपेक्षा गरेअनुसार श्रमको सम्मान, उत्पादनमुखी अर्थतन्त्र, आत्मनिर्भरता र उत्तरदायी शासन व्यवस्था पूर्ण रूपमा संस्थागत हुन सकेको छैन ।

यही परिवेशमा श्रम संस्कृति पार्टीले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित गर्दै श्रमदानको संस्कृतिलाई राष्ट्रिय अभियानका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ । यो केवल राजनीतिक कार्यक्रम होइन, समाजलाई उत्पादन, अनुशासन, आत्मनिर्भरता र सामूहिक उत्तरदायित्वतर्फ डो¥याउने सामाजिक अभियान पनि हो ।

श्रम संस्कृति पार्टीको मूल दर्शन स्पष्ट छ, राष्ट्रको समृद्धि भाषण, नाराबाजी वा आश्वासनबाट होइन, इमानदार श्रम, उत्पादन, सिर्जनशीलता र नागरिकको सक्रिय सहभागिताबाट सम्भव हुन्छ । त्यसैले पार्टीले श्रमिकलाई राष्ट्रको मेरुदण्डका रूपमा सम्मान गर्ने, श्रमलाई प्रतिष्ठाको विषय बनाउने तथा प्रत्येक नागरिकलाई आफ्नो गाउँ, टोल, विद्यालय, सार्वजनिक सम्पत्ति र प्राकृतिक स्रोतको संरक्षण तथा विकासमा श्रमदानमार्फत सहभागी गराउने नीति लिएको छ ।

श्रमदान नेपाली समाजका लागि कुनै नयाँ अवधारणा होइन । परम्परागत रूपमा गाउँघरमा सडक, सिंचाइ कुलो, विद्यालय, मठमन्दिर, चौतारा, खानेपानी आयोजना तथा सार्वजनिक संरचनाहरू सामूहिक श्रमबाट निर्माण र संरक्षण हुँदै आएका थिए । त्यतिबेला श्रमदान सामाजिक एकता, सहयोग र आपसी विश्वासको प्रतीक थियो । तर आधुनिक जीवनशैली, बढ्दो व्यक्तिगत सोच र राज्यप्रतिको अत्यधिक निर्भरताका कारण यस्तो संस्कार क्रमशः कमजोर हुँदै गएको छ । श्रम संस्कृति पार्टीले यही मौलिक परम्परालाई आधुनिक विकासको अवधारणासँग जोड्दै पुनर्जीवित गर्न खोजेको छ ।

श्रमदानको महत्त्व केवल भौतिक संरचना निर्माणमा सीमित छैन । यसले नागरिकमा अपनत्व, अनुशासन, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्छ । जब जनता आफैं विकास निर्माणमा प्रत्यक्ष सहभागी हुन्छन्, उनीहरू सार्वजनिक सम्पत्तिको संरक्षणमा पनि उत्तिकै जिम्मेवार बन्छन् ।

यसले विकास आयोजनाको लागत घटाउने, स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने, सरकारी स्रोतको दुरुपयोग कम गर्ने र जनसहभागितामा आधारित विकासलाई बलियो बनाउने आधार तयार गर्छ ।

आज नेपाल बेरोजगारी, युवाको तीव्र विदेश पलायन, कृषि उत्पादनमा कमी, बढ्दो आयात, ग्रामीण अर्थतन्त्रको कमजोर अवस्था तथा वातावरणीय चुनौतीसँग जुधिरहेको छ । यी समस्या समाधान गर्न केवल सरकारी बजेट वा वैदेशिक सहायता पर्याप्त हुँदैन । उत्पादन बढाउने, स्थानीय स्रोतको उपयोग गर्ने र श्रमप्रतिको सम्मानलाई राष्ट्रिय संस्कृतिका रूपमा विकास गर्ने दीर्घकालीन सोच आवश्यक छ । श्रम संस्कृति पार्टीले कृषि, उद्योग, पर्यटन, वातावरण संरक्षण, वन व्यवस्थापन तथा स्थानीय उत्पादन प्रवद्र्धनलाई श्रमदानसँग जोडेर आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

विशेषगरी युवापुस्तालाई केवल रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने नागरिकका रूपमा विकास गर्नु आजको आवश्यकता हो । श्रमदानमार्फत सीप विकास, उद्यमशीलता, सामुदायिक नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सकिन्छ । विद्यालय, क्याम्पस, स्थानीय तह, सरकारी निकाय तथा निजी क्षेत्रले नियमित रूपमा श्रमदान कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तामा श्रमप्रतिको सकारात्मक दृष्टिकोण विकास हुनेछ । यसले राष्ट्रप्रेमलाई भाषणमा होइन, व्यवहारमा उतार्ने अवसर पनि प्रदान गर्छ ।

विश्वका धेरै विकसित मुलुकहरूले पनि स्वयंसेवा र सामुदायिक श्रमलाई विकासको महत्त्वपूर्ण आधार बनाएका छन् । स्थानीय समुदायको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव हुँदैन भन्ने तथ्य अन्तर्राष्ट्रिय अनुभवले पनि पुष्टि गरेको छ । नेपालमा पनि श्रमदानलाई कुनै बाध्यता नभई सामाजिक उत्तरदायित्व, नागरिक कर्तव्य र राष्ट्रिय गौरवको अभियानका रूपमा स्थापित गर्न सकियो भने विकासको गति अझ प्रभावकारी बन्न सक्छ ।

राष्ट्र निर्माण सरकारको मात्र जिम्मेवारी होइन, प्रत्येक नागरिकको साझा दायित्व हो । जब समाजमा श्रमलाई सम्मान गर्ने संस्कृति स्थापित हुन्छ, तब निष्क्रियता, परनिर्भर मानसिकता, भ्रष्टाचार र केवल अधिकार खोज्ने प्रवृत्तिमा पनि कमी आउँछ । अधिकारसँगै कर्तव्यको बोध हुने समाज नै समृद्ध र जिम्मेवार समाज हो । श्रम संस्कृति पार्टीले यही सोचलाई व्यवहारमा रूपान्तरण गर्न श्रमदानलाई आफ्नो प्रमुख अभियान बनाएको छ ।

समृद्ध, स्वाभिमानी र आत्मनिर्भर नेपाल निर्माणको आधार श्रम, उत्पादन र नागरिकको सक्रिय सहभागिता नै हो । श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास, श्रमदानलाई सामाजिक अभियानका रूपमा विस्तार र उत्पादनशील अर्थतन्त्रको निर्माण आजको आवश्यकता हो ।

श्रम संस्कृति पार्टीले अघि सारेको श्रमदानको अभियानलाई समाजका सबै वर्गले सकारात्मक रूपमा ग्रहण गरी आफ्नो ठाउँबाट योगदान दिन सके नेपाल विकास, सामाजिक एकता र आर्थिक समृद्धिको नयाँ यात्रातर्फ अघि बढ्न सक्छ । श्रमको सम्मान गरौँ, श्रमदानलाई जीवनशैली बनाऔँ र साझा प्रयासबाट समृद्ध नेपालको निर्माणमा हातेमालो गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.