×

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए । कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्लेट आइसक्रिमको मूल्य २४० रुपैयाँ पर्ने उनले बताए । त्यसैगरी १०० एमएलको आइसक्रिमको मूल्य ६५ रुपैयाँ निर्धारण गरिएको छ भने महीको मूल्य ३० रुपैयाँ तोकिएको छ ।

बटर, फ्लेभर्ड मिल्कलगायत दुग्धजन्य उत्पादन ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका कारण स्वदेशमै गुणस्तरीय उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले उत्पादन विविधीकरण गरिएको बताए । उनका अनुसार कम्पनीले आगामी दिनमा निर्यात बजार विस्तारलाई समेत प्राथमिकतामा राखेको छ । केडियाका अनुसार हाल सीताराम गोकुल मिल्क्सले दूध, घिउ, बटर, दही, पनिर, चीज, आइसक्रिम, फ्लेभर्ड मिल्क र मोही लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । सीताराम ब्रान्डप्रति उपभोक्ताको विश्वास बलियो भएकाले गुणस्तरीय, सुलभ र सबैको पहुँचमा पुग्ने उत्पादनमा कम्पनीले विशेष ध्यान दिएको उनले बताए ।

उनले किसानबाट संकलन गरिने दूधलाई अनिवार्य रूपमा प्रयोगशालामा परीक्षण गरेपछि मात्रै खरिद गर्ने व्यवस्था रहेको जानकारी दिए । गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अपनाइएकाले उत्पादन प्रक्रियालाई विभिन्न चरणमा विभाजन गरी कडा निगरानीका साथ सञ्चालन गरिएको उनको भनाइ छ ।

केडियाले उद्योगले हाल प्रत्यक्ष रूपमा एक सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको र करिब एक लाख किसान परिवारसँग दूध संकलनमार्फत सम्बन्ध जोडिएको जानकारी दिए । उनका अनुसार उद्योग स्थापना गर्दा करिब ४० देखि ५० करोड रुपैयाँ लगानी गरिएको थियो । भूमि, प्लान्ट र उपकरण विस्तारसँगै हाल उद्योगमा कुल लगानी एक अर्बदेखि डेढ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

उनले नेपाली डेरी उद्योगले अझै पनि उत्पादन लागत, प्याकेजिङ सामग्रीमा उच्च भन्सार शुल्क तथा निर्यातमा प्रोत्साहनको अभावजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले निर्यात सहजीकरण र उद्योगमैत्री नीति ल्याउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.