काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्।
अर्थसमितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए ।
उनले भने, ‘फरेन रिजर्भको पैसा विदेशमा लगानी गर्छौँ। अहिले हामीले २२ अर्ब रुपैयाँभन्दा बढी विदेशमा लगानी गरेका छौँ। त्यो मुख्यतः ट्रेजरीमा लगानी हुन्छ। अमेरिकी डलरमा करिब ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ भने बाँकी चिनियाँ, भारतीय लगायतका ट्रेजरीमा लगानी गरिएको छ । अहिले हाम्रो औसत प्रतिफल ३.८ प्रतिशतको हाराहारीमा छ ।’
अमेरिकी ट्रेजरीको ब्याजदर घट्दा नेपाललाई प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उनले भने, ‘यदि अमेरिकी ट्रेजरीको दर १ प्रतिशतले घट्यो भने हामीलाई करिब ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको असर पर्न सक्छ। ६० प्रतिशत लगानी अमेरिकी ट्रेजरीमा भएकाले त्यसको प्रभाव प्रत्यक्ष रूपमा पर्छ। त्यही कारण हामीले ‘सेफ एसेट्स’ रोज्ने गरेका छौँ।’
उनले विदेशी मुद्रा सञ्चितिको व्यवस्थापनमा वैकल्पिक उपायका रूपमा ‘सावरेन वेल्थ फन्ड’ को अवधारणामाथि समेत छलफल भइरहेको बताए।
उनले भने, ‘सावरेन वेल्थ फन्ड ल्याएर केही रकम म्युचुअल फन्ड जस्ता क्षेत्रमा लगानी गर्ने विकल्पबारे पनि सोचिरहेका छौँ। यसबारे माननीय सदस्यहरूको चासो भए थप छलफल गर्न सक्छौँ।’
कृषि कर्जाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको नभई बढेको दाबी गरे ।
उनले भने, ‘२०७६ सालमा कृषि क्षेत्रमा ‘एबीसी’ वर्गीकरणअन्तर्गत करिब २०५ अर्ब रुपैयाँ कर्जा थियो। अहिले ०८३ सालमा त्यो बढेर ७१० अर्ब रुपैयाँ पुगेको छ । त्यसैले कृषि कर्जा घटेको भन्ने निष्कर्ष सही हुँदैन ।’
कर्जा प्रवाह लक्ष्यअनुसार बढ्न नसकेको विषयमा बोल्दै उनले व्यवसायी र उद्यमी सिर्जना गर्ने काम केवल मौद्रिक नीतिबाट सम्भव नहुने बताए ।
व्यवसायीलाई अत्यधिक दबाब दिएर उद्यमशीलता विकास गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘काम गर्दै जाँदा व्यवसायीहरूले गल्ती पनि गर्छन्। हरेक गल्तीमा थुन्ने, कारबाही गर्ने मात्रै गरियो भने उद्यमी पैदा हुँदैनन्। उद्यमशीलता प्रवद्र्धनका लागि राज्यले सहयोगी वातावरण बनाउनुपर्छ ।’
गभर्नर डा. पौडेलले राष्ट्र बैंकको प्रमुख जिम्मेवारी वित्तीय प्रणालीलाई स्थिर राख्नु रहेको स्पष्ट पारे।
विदेशी मुद्रा सञ्चितिको अवस्थाबारे चर्चा गर्दै उनले नेपाल अहिले विदेशी मुद्रा अभावको अवस्थामा नरहेको बताए।
मौद्रिक नीति र वित्तीय नीतिको समन्वयबाट मात्रै अपेक्षित आर्थिक नतिजा हासिल गर्न सकिने उनले जानकारी दिए ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.