×

ज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । विश्वभर औसत आयु बढ्दै जाँदा ‘स्वस्थ बुढ्यौली’ अहिले स्वास्थ्य नीतिको केन्द्रविन्दुमा छ । पहिले बुढ्यौलीलाई केवल उमेर ढल्किने प्राकृतिक प्रक्रिया र रोगसँग जोडेर हेरिने गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा विकसित मुलुकहरूले बुढ्यौलीलाई ‘सक्रिय, सम्मानित र आत्मनिर्भर जीवन’ का रूपमा व्याख्या गर्न थालेका छन् ।

जापान, चीन, फ्रान्स, अमेरिकालगायतका देशहरूले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केवल उपचारमा सीमित नराखी दीर्घकालीन हेरचाह, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा, पुनस्र्थापना सेवा, घरमै पुगेर स्वास्थ्य सेवा, केयरगिभर प्रणाली तथा सक्रिय जीवनशैलीसँग जोडेर नीति निर्माण गरिरहेका छन् ।
ती देशहरूमा ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल, डे केयर सेन्टर, नर्सिङ होम, लङ टर्म केयर सेन्टर र सामाजिक सुरक्षा कोषको व्यवस्था विस्तार हुँदै गएको छ ।

विशेषगरी जापानजस्ता ‘सुपर एजिङ सोसाइटी’ भएका देशहरूले स्वस्थ बुढ्यौलीलाई राष्ट्रिय प्राथमिकतामै राखेका छन् । त्यहाँ ज्येष्ठ नागरिकलाई सकेसम्म लामो समयसम्म आत्मनिर्भर बनाइराख्ने, दैनिक काम आफैं गर्न सक्ने अवस्था कायम राख्ने र सामाजिक रूपमा सक्रिय बनाइराख्ने नीति अवलम्बन गरिएको छ ।

यता नेपालमा पनि औसत आयु तीव्र रूपमा बढिरहेको छ । केही दशकअघि ५०–५५ वर्षको हाराहारीमा रहेको औसत आयु अहिले ७२ वर्ष पुगेको छ । आगामी २०५० सालसम्म नेपाल ‘एजिङ सोसाइटी’ मा प्रवेश गर्ने अनुमान गरिएको छ, जहाँ प्रत्येक चार जनामध्ये एक जना ६० वर्षभन्दा माथिको हुनेछन् ।

तर विशेषज्ञहरूका अनुसार नेपाल अझै पनि ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ‘रोग उपचार’ कै दृष्टिकोणबाट हेर्ने चरणमा छ । दीर्घकालीन हेरचाह, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा, आत्मनिर्भरता र कार्यक्षमता संरक्षणका विषयमा पर्याप्त नीति, पूर्वाधार र जनशक्ति विकास हुन सकेको छैन ।

यही सन्दर्भमा नेपालको पहिलो विशिष्ट ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र ‘नेपाल जेरियाट्रिक्स सेन्टर’ का निर्देशक डा. जगदीश कुमार क्षेत्रीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्वस्थ बुढ्यौलीलाई नेपालले अब गम्भीर रूपमा लिनुपर्ने बताए । उनले नेपाल आगामी दशकमा ‘एजिङ सोसाइटी’तर्फ गइरहेकाले सरकारले अहिले नै दीर्घकालीन तयारी सुरु गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार स्वस्थ बुढ्यौली भनेको रोग नहुनु मात्र होइन, रोग हुँदाहुँदै पनि व्यक्तिले आफ्नो जीवन स्वतन्त्र र सक्रिय रूपमा अघि बढाउन सक्ने अवस्था हो ।

‘मानिस उमेर बढ्दै जाँदा पनि आफूले मन लागेको काम गर्न सक्ने, अरूमा पूर्ण रूपमा निर्भर हुन नपर्ने र आत्मनिर्भर रहन सक्ने अवस्था नै स्वस्थ बुढ्यौली हो,’ उनले भने ।

डा. क्षेत्रीका अनुसार नेपालमा अझै पनि ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केवल रोग उपचारसँग मात्रै जोडेर हेर्ने गरिएको छ । तर जेरियाट्रिक्सले रोगसँगै व्यक्तिको दैनिक कार्यक्षमता, मानसिक अवस्था, स्मरणशक्ति, हिँडडुल, आत्मनिर्भरता र सामाजिक सक्रियतालाई पनि बराबर महत्व दिने गर्दछ ।
उनले उमेर बढ्दै जाँदा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, स्मरणशक्ति कमजोर हुने लगायतका दीर्घरोग बढ्ने सम्भावना रहने बताए । यद्यपि मुख्य समस्या रोग मात्र नभई ती रोगले व्यक्तिको दैनिक जीवनमा पार्ने असर भएको उनको भनाइ छ ।
‘जति मानिस अरूमा निर्भर हुँदै जान्छ, त्यति उसले आफूलाई बोझ महसुस गर्न थाल्छ । त्यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ,’उनले भने ।

नेपालमा औसत आयु अहिले ७२ वर्ष पुगेको उल्लेख गर्दै उनले आगामी २०५० सालसम्म प्रत्येक चार जनामध्ये एक जना ६० वर्षभन्दा माथिको हुने अनुमान रहेको जानकारी दिए । डा. क्षेत्रीले स्वस्थ बुढ्यौलीका लागि पहिलो जिम्मेवारी स्वयं व्यक्तिकै हुने बताए । परिवारको भूमिका महत्वपूर्ण भए पनि व्यक्तिले आफ्नो स्वास्थ्यबारे आफैं सजग हुनुपर्ने उनको भनाइ छ ।
उनले भने,‘२० वर्ष अगाडि नेपालको लाइफ एक्सपेक्टेन्सी ५० वा ५५ वर्ष थियो होला । १० वर्ष अगाडिसम्म ६० वा ६५ थियो र अहिले ७२ वर्ष छ । यो बढिराखेको छ र बढ्ने क्रम पनि जारी नै छ । आगामी २०५० सम्ममा एउटा एजिङ सोसाइटी हुन्छौं । जहाँ हरेक चारजना मध्ये १ जना चाहीं ६० वर्ष माथिको मानिस हुनेछन् । त्यो भनेको एजिङ सोसाइटी हो । त्यही भएर अब नेपालमा यसको आवश्यकता एकदम महसुस हुन्छ । किनभने नेपालमा मान्छेहरु झन् पछि झन् वृद्ध हुने संख्याहरु बढ्दो छ ।’
यसमा थप्दै उनले भने,‘नेपाल अब एजिङ सोसाइटीतर्फ गइरहेको छ । अहिले नै योजना बनाएनौं भने भविष्यमा ठूलो सामाजिक र स्वास्थ्य चुनौती आउँछ । आजकल बढी थकान लाग्ने, बिर्सने, तौल घट्ने वा हिँड्न गाह्रो हुने जस्ता संकेतलाई सामान्य रूपमा लिनु हुँदैन । समयमै परीक्षण र परामर्श आवश्यक हुन्छ ।’

ज्येष्ठ नागरिकमा धेरै औषधि सेवन गर्ने समस्या पनि बढ्दो रहेको उनले बताए । पाँचभन्दा बढी औषधि नियमित सेवन गर्ने अवस्थालाई ‘पोलिफार्मेसी’ भनिने उल्लेख गर्दै उनले विभिन्न चिकित्सकबाट फरक–फरक औषधि लिँदा स्वास्थ्यमा थप जटिलता आउन सक्ने बताए ।
‘कतिपय औषधि एकअर्कासँग प्रतिक्रिया गरेर नकारात्मक असर गरिरहेका हुन्छन्,’उनले भने ।
उनका अनुसार जेरियाट्रिक विशेषज्ञले समग्र स्वास्थ्य अवस्था हेरेर अनावश्यक औषधि घटाउने काम पनि गर्छन् ।
सरकारी नीतिको विषयमा बोल्दै डा. क्षेत्रीले ज्येष्ठ नागरिक मन्त्रालय हटाइनु गम्भीर विषय भएको बताए ।
‘स्वास्थ्य मन्त्रालयले मात्रै सबै कुरा गर्न सक्दैन । ज्येष्ठ नागरिकको स्वास्थ्यसँगै सामाजिक सुरक्षा, मानसिक सहयोग, दीर्घकालीन हेरचाह र दैनिक जीवनसँग सम्बन्धित धेरै पक्ष हुन्छन्,’उनले भने ।

नेपालमा अझै पनि ज्येष्ठ नागरिकमैत्री अस्पताल, क्लिनिक तथा दीर्घकालीन हेरचाह केन्द्रको अभाव रहेको उनको भनाइ छ । उनले देशभर समर्पित जेरियाट्रिक अस्पताल, घरमै पुगेर सेवा दिने प्रणाली तथा दीर्घकालीन स्वास्थ्य सुरक्षा कोष आवश्यक रहेको बताए ।
डा. क्षेत्रीका अनुसार बुढ्यौलीको प्रक्रिया ७०–८० वर्षपछि होइन, ३० वर्षपछि नै क्रमिक रूपमा सुरु हुन्छ ।
‘४० वर्षतिर रोगहरू देखिन थाल्छन्, ५० वर्षतिर कार्यक्षमता घट्न थाल्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण र जीवनशैली सुधार आवश्यक छ ।’

विदेशमा अध्ययन र कामको अनुभवपछि नेपाल फर्किएका डा. क्षेत्रीले नेपाल जेरियाट्रिक्स सेन्टर स्थापना गर्नुको उद्देश्य ज्येष्ठ नागरिकलाई फरक दृष्टिकोणबाट उपचार सेवा दिनु रहेको बताए ।
उनका अनुसार सेन्टरमा रक्त परीक्षण वा रोगको उपचार मात्रै होइन, स्मरणशक्ति, मानसिक अवस्था, हिँडडुल, सुन्ने क्षमता, दृष्टि, लड्ने जोखिम, औषधि सेवन लगायत समग्र कार्यक्षमताको मूल्यांकन गरिन्छ ।
‘हामी रोग केन्द्रित होइन, फङ्सन केन्द्रित उपचार पद्धतिमा काम गर्छौं,’ उनले भने ।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि नेपालले दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए । चीन र जापानमा जस्तै ‘रिटायरमेन्ट हेल्थ फन्ड’ को अवधारणा नेपालमा पनि सुरु गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, वृद्धाश्रम, नर्सिङ होम, केयर होम तथा लङ टर्म केयर सेन्टरको आवश्यकता आगामी वर्षहरूमा झन् बढ्ने उनले बताए ।
युवा स्वास्थ्यकर्मी विदेश पलायनको विषयमा बोल्दै उनले नेपालमा स्पष्ट करियर प्रणाली र सुरक्षित भविष्य नहुँदा धेरै स्वास्थ्यकर्मी विदेश जाने गरेको बताए ।

यदि नेपालमा स्पष्ट पाथवे, प्रमोसन र सुरक्षित भविष्यको ग्यारेन्टी भयो भने धेरै चिकित्सक स्वदेशमै बस्न चाहन्छन्’ उनले भने ।
डा. क्षेत्रीले विद्यालय तहदेखि नै ज्येष्ठ नागरिकको सम्मान, हेरचाह र आवश्यकताबारे शिक्षा दिनुपर्ने आवश्यकता पनि औंल्याए । नर्सिङ, एमबीबीएस तथा स्वास्थ्य शिक्षामा जेरियाट्रिक्सलाई अनिवार्य विषय बनाउनुपर्ने उनको भनाइ छ ।
उनले नेपाल जेरियाट्रिक्स सेन्टरले भविष्यमा डे केयर सेन्टर, विशेष अस्पताल, लङ टर्म केयर सेवा तथा ज्येष्ठ नागरिक केन्द्रित विशेष विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

अन्त्यमा उनले स्वस्थ बुढ्यौलीको मुख्य आधार आत्मनिर्भरता भएको बताए ।
रोग उपचार महत्त्वपूर्ण हो, तर त्योभन्दा ठूलो कुरा आफ्नो कार्यक्षमता जोगाउनु हो । ६० मा स्ट्रङ, ८० मा एक्टिभ र १०० मा पनि इन्डिपेन्डेन्ट रहने लक्ष्यसहित जीवनशैली बनाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.