×

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

खालीपाना न्युजडेस्क | २३ घण्टा अगाडि

 

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच व्यापार, पर्यटन, शिक्षा तथा डिजिटल सहकार्य विस्तार गर्ने उद्देश्यसहित कोरियन चेम्बर अफ कमर्स इन नेपाल र वल्र्ड दागाची बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित भेटघाट तथा अनुभव आदान–प्रदान कार्यक्रममा कोरियन चेम्बर अफ कमर्स इन नेपालका अध्यक्ष इओम जिन योङ र वल्र्ड दागाचीका उपाध्यक्ष किम साङ ह्युन ले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपाल र दक्षिण कोरियाबीच व्यावसायिक सञ्जाल विस्तार, डिजिटल सूचना आदान–प्रदान, पर्यटन प्रवद्र्धन, शिक्षा, मानवस्रोत विकास तथा भाषा सेवाका क्षेत्रमा संयुक्त सहकार्य गरिने जनाइएको छ । दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको वल्र्ड दागाची बहुभाषिक सञ्चार मञ्चका रूपमा परिचित छ । यसले विभिन्न देशका नागरिक, व्यवसायी तथा संस्थालाई डिजिटल माध्यममार्फत जोड्ने काम गर्दै आएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष किम साङ ह्युनले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन डिजिटल मञ्चको महत्वपूर्ण भूमिका रहने बताए । उनले दागाची केवल एउटा एप नभई भाषा र संस्कृतिबीचको दूरी घटाउने विश्वव्यापी सञ्चार मञ्च भएको उल्लेख गरे । ‘यो केवल औपचारिक कार्यक्रम होइन, नेपाल र कोरियाले सँगै उज्ज्वल भविष्य निर्माण गर्ने नयाँ सुरुवात हो,’ उनले भने । साथै नेपाललाई ‘फेरि आउन मन लाग्ने देश’ का रूपमा विश्वसामु चिनाउन दागाचीले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि दागाची प्रतिनिधि माधव सापकोटाले नेपाली व्यवसायलाई स्थानीय स्तरबाट अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्यसहित मञ्च अघि बढिरहेको जानकारी दिए । उनका अनुसार पर्यटन, होमस्टे, शैक्षिक परामर्श, मानवस्रोत तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न दागाची प्रभावकारी माध्यम बन्न सक्छ ।

सापकोटाले दागाचीमा रहेको ‘प्रमाणित प्रोफाइल’ प्रणालीका कारण व्यवसायप्रति विश्वास बढ्ने, विदेशी ग्राहकसँग प्रत्यक्ष सम्पर्क सहज हुने तथा कृत्रिम बुद्धिमत्तामा आधारित बहुभाषिक सेवाले भाषागत समस्या समाधान गर्ने बताए । उनले कोरियाली विश्वविद्यालय, छात्रवृत्ति, रोजगारीका अवसर तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा दागाची उपयोगी बन्ने उल्लेख गर्दै नेपाल–दक्षिण कोरियाबीच दीर्घकालीन सहकार्यका लागि सबै क्षेत्रको सहभागिता आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा कोरियन एसोसियसन इन नेपाल, इपिएससम्बन्धी प्रतिनिधि, विभिन्न व्यवसायी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.