लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् ।
गैर आवासीय नेपाली संघ युकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको बताए। उनले स्वास्थ्य बिमा नभएको मुलुकमा विद्यार्थीहरूलाई बिमा गरेर जाने व्यवस्था गर्न सुझाव दिए ।
एनआरएनए केन्द्रीय कार्यालयमा विदेश जानु अघि विद्यार्थीहरूलाई काउन्सिलिंग सुरु गर्ने तयारी भई रहेको र शैक्षिक परामर्श दातृ संस्था नेपाल (इकान) सँग पनि सहकार्य गर्नेबारे छलफल भई रहेको जनाए । उनले १८३ दिन भन्दा बढी विदेशमा बसेका विद्यार्थीहरूलाई पनि एनआरएनएको सदस्यता दिनु पर्ने बताए । उनले एनआरएनएले दूतावास लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा विद्यार्थीहरूलाई करियर फेयर, कानुनी सल्लाह लगायत सहयोग गर्न सकिने जनाए। अध्यक्ष डा शर्माले पहिलो पटक संघका उपाध्यक्षको संयोजकत्वमा विद्यार्थी कल्याण समिति गठन गरिएको पनि जनाए ।
चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्रा। पदम सिम्खडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायती अर्थतन्त्र र उच्च शिक्षामा पु¥याएको योगदानबारे प्रकाश पारे। उनले हाल बेलायतमा करिब २.८६ मिलियन विद्यार्थी अध्ययनरत रहेको र तीमध्ये करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी रहेको बताए ।
“सन् २०२१र२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायतको अर्थतन्त्रमा ४१.९ अर्ब पाउन्ड योगदान दिएका थिए, जसको शुद्ध लाभ ३७.४ अर्ब पाउन्ड रहेको थियो,” उनले भने ।
उनले नेपाल अहिले बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठुलो मुलुक बनेको पनि जानकारी दिए । उनका अनुसार सन् २०२५ को डिसेम्बरसम्म १९,५५३ नेपाली विद्यार्थीलाई अध्ययन भिसा प्रदान गरिएको छ ।
तर नेपाली विद्यार्थीहरूले अझै पनि आर्थिक दबाब, शैक्षिक समायोजन र व्यावसायिक सञ्जालको अभावजस्ता चुनौतीहरू भोगिरहेको उनले बताए ।
उनले विद्यार्थीहरूले आफ्नो क्षमता प्रभावकारी रूपमा प्रस्तुत गर्न सिक्नुपर्नेमा पनि जोड दिए । “नेपाली विद्यार्थीहरू सक्षम छन्, तर आफूलाई प्रस्तुत गर्ने सीप विकास गर्नुपर्छ,” उनले थपे ।
भर्चुअल माध्यमबाट सहभागी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकार नेपाली विद्यार्थीहरूको हितमा प्रतिबद्ध रहेको बताए । उनले विदेश अध्ययन प्रक्रियामा ठगी गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिँदै अध्ययनपछि विद्यार्थीहरूले देश फर्केर राष्ट्र निर्माणमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरे ।
विद्यार्थी प्रतिनिधि प्रेष्टा खनालले बेलायतमा हाल २० हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको बताउँदै आवास, रोजगारी र सांस्कृतिक अनुकूलनका समस्या प्रमुख रहेको उल्लेख गरिन् । उनले वार्षिक १५ देखि २० हजार पाउन्डसम्म शुल्क र मासिक ९०० पाउन्डसम्म खर्चका कारण विद्यार्थीहरू आर्थिक दबाबमा पर्ने गरेको बताइन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.