काठमाडौं । ग्रीनल्यान्डको राजधानी नूकमा फ्रान्स र क्यानडाले औपचारिक रूपमा आफ्ना कूटनीतिक कन्सुलेट उद्घाटन गरेका छन् । आर्कटिक क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासो र अमेरिकाले ग्रीनल्यान्डप्रति देखाएको रणनीतिक रुचिका बीच यी कन्सुलेट स्थापना भएका हुन् ।
डेनमार्क अन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्यान्ड पछिल्लो समय विश्व कूटनीतिक गतिविधिको केन्द्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “राष्ट्रिय सुरक्षाका कारण ग्रीनल्यान्ड आवश्यक छ” भन्ने अभिव्यक्ति दिएपछि यहाँको भू–राजनीतिक महत्त्व झन् बढेको हो ।
क्यानडाको कन्सुलेट उद्घाटन
क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले क्यानडाको झन्डा फहराउँदै आर्कटिक क्षेत्रमा सहकार्य विस्तार गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरिन् । “आर्कटिकबारे निर्णय आर्कटिकका जनताको सहभागिताबिना हुन सक्दैन,” उनले भनिन् । सामाजिक सञ्जाल ‘एक्स’मा उनले संयुक्त आर्कटिक कमाण्ड र क्यानडेली कोस्ट गार्डको आइसब्रेक जहाज सीसीजीएस जीन गुडविलको भ्रमणलाई आर्कटिक सुरक्षामा क्यानडाको प्राथमिकतासँग जोडिन् ।
कार्यक्रममा क्यानडाकी गभर्नर जनरल मेरी साइमन पनि सहभागी भइन् । इनुक समुदायकी नेतृसमेत रहेकी साइमनको उपस्थितिलाई क्यानडाको सांकेतिक र राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ ।
त्यसैगरी फ्रान्सले पनि नूकमा आफ्नो कन्सुलेट स्थापना गर्दै जाँ–नोएल पोइरियरलाई पहिलो कन्सुल जनरल नियुक्त गरेको छ । यद्यपि हालसम्म कन्सुलेटका लागि छुट्टै भवन छैन । यो ग्रीनल्यान्डमा युरोपेली संघको कुनै सदस्य राष्ट्रले पहिलो पटक कूटनीतिक उपस्थिति जनाएको अवसर हो । पोइरियरले यो कदम एकताको प्रतीक भएको भन्दै फ्रान्स डेनमार्कको सार्वभौमिकताको समर्थनमा रहेको स्पष्ट पारे ।
फ्रान्सेली अधिकारीहरूका अनुसार कन्सुलेट उद्घाटनको उद्देश्य ग्रीनल्यान्डसँग सांस्कृतिक, वैज्ञानिक, आर्थिक तथा राजनीतिक सम्बन्ध मजबुत बनाउनु हो । ग्रीनल्यान्डका नेताहरूले दुवै देशका कन्सुलेटलाई अन्तर्राष्ट्रिय एकताको स्पष्ट संकेतका रूपमा स्वागत गरेका छन् । इनुइट नेता नाटान ओबेडले अहिलेको अवस्था “डरलाग्दो समय” भए पनि यसले ग्रीनल्यान्डका जनताले आफ्नै भविष्य निर्धारण गर्ने अधिकारलाई विश्वले समर्थन गरेको सन्देश दिएको बताए । “हाम्रो जीवनशैली हाम्रो सार्वभौमिकताको आधार हो,” उनले भने ।
फ्रान्स र क्यानडाको यो कूटनीतिक पहल अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डप्रति चासो देखाएपछि उत्पन्न विवादको पृष्ठभूमिमा आएको हो । ट्रम्पका भनाइले डेनमार्क तथा अन्य नाटो सहयोगी राष्ट्रबाट आलोचना समेत भएको थियो । (एएनआई)
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.