काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डका विषयमा केही युरोपेली मुलुकमाथि लगाउने भनिएको भन्सार (ट्यारिफ) योजना तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
फेब्रुअरी १ देखि लागू गर्ने चेतावनी दिइएको ट्यारिफ अब नलगाइने उनले बताएका हुन् । नाटोका महासचिव मार्क रुट्टेसँग भएको ‘अत्यन्तै फलदायी’ भेटपछि ट्रम्पले यो निर्णय लिएका हुन् । भेटका क्रममा ग्रीनल्यान्ड तथा समग्र आर्कटिक क्षेत्रलाई लिएर भावी सम्झौताका लागि प्रारम्भिक रूपरेखा तय भएको ट्रम्पले दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टुथ सोसल’ मा लेख्दै उक्त सहमति अमेरिका र सबै नाटो सदस्य राष्ट्रका लागि लाभदायक हुने उल्लेख गरेका छन् । “नाटो महासचिवसँगको भेटपछि ग्रीनल्यान्ड र सम्पूर्ण आर्कटिक क्षेत्रसम्बन्धी भावी सम्झौताका लागि रूपरेखा बनेको छ । यो सहमति कार्यान्वयनमा आएमा अमेरिका र सबै नाटो राष्ट्रका लागि उत्कृष्ट हुनेछ,” उनले लेखेका छन् ।
यसै आधारमा फेब्रुअरी १ बाट लागू हुने भनिएको ट्यारिफ नलगाइने उनले स्पष्ट पारेका छन् । साथै, ग्रीनल्यान्डसँग सम्बन्धित ‘गोल्डेन डोम’ परियोजनाबारे पनि थप छलफल हुने उनले बताएका छन् । ट्रम्पका अनुसार ग्रीनल्यान्डसम्बन्धी वार्ताको जिम्मेवारी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ लगायतका उच्च अधिकारीलाई दिइएको छ। उनीहरूले प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनेछन् ।
यसअघि विश्व आर्थिक मञ्च (डब्लुईएफ) को ५६औँ वार्षिक सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पले ग्रीनल्यान्डबारे युरोपेली सहयोगीसँग ‘तत्काल वार्ता’ आवश्यक रहेको बताएका थिए । उनले ग्रीनल्यान्ड नाटोका लागि खतरा नभई बरु सुरक्षा मजबुत बनाउने तर्क गरेका छन् । डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्ड अमेरिकाको नियन्त्रणमा आएमा त्यसको विकास र सुरक्षामा सुधार आउने र यसले अमेरिका तथा युरोप दुवैलाई फाइदा पुग्ने ट्रम्पको दाबी छ । “युरोप र अमेरिकाका लागि ग्रीनल्यान्ड सुरक्षित बनाउने क्षमता अमेरिका एक्लैसँग छ,” उनले भनेका छन् ।
ट्रम्प लामो समयदेखि ग्रीनल्यान्ड अधिग्रहणको पक्षमा उभिँदै आएका छन् । यस विषयमा सहमति नभए युरोपेली मुलुकमाथि २०२६ फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशत ट्यारिफ लगाउने चेतावनी समेत उनले दिएका थिए । यद्यपि डेनमार्क, ग्रीनल्यान्ड तथा युरोपेली नेताहरूले ग्रीनल्यान्ड बेच्ने प्रस्ताव अस्वीकार गर्दै आत्मनिर्णयको अधिकार आफ्नो भएको स्पष्ट पार्दै आएका छन् । यस विषयले नाटोभित्र समेत चासो र चिन्ता बढाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.