×

मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रिया, न्याय मन्त्रालयद्वारा छानबिन सुरु

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

 

काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् ।

आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति ट्रम्पले पवित्र उपासना स्थलमा इसाईहरूलाई डराउने र हैरानी दिने कार्य कदापि सहन नसकिने बताएका छन् । उनले न्याय मन्त्रालयले उक्त घटनाबारे पूर्ण छानबिन सुरु गरिसकेको जानकारी दिइन् ।
घटना त्यसपछि चर्किएको हो, जब चर्चका एक पादरी अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकायमा वरिष्ठ भूमिकामा रहेको दाबी अनलाइनमा फैलिएको थियो । यसै विषयलाई लिएर प्रदर्शनकारीहरूले चर्चलाई लक्षित गरेका बताइएको छ । उक्त प्रदर्शन मिनियापोलिस–सेन्ट पल क्षेत्रमा हालै देखिएका व्यापक विरोध प्रदर्शनहरूको हिस्सा भएको बताइएको छ ।

यस क्षेत्रका ३७ वर्षीया रेनी निकोल गुडलाई यसै महिना एक एजेन्टले गोली हानी हत्या गरेको घटनापछि संघीय निकाय र स्थानीय समुदायबीच तनाव बढ्दै गएको छ । चर्च घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी न्याय मन्त्रालयले नागरिक अधिकारसम्बन्धी छानबिन सुरु गरेको जनाएको छ । न्याय मन्त्रालयको नागरिक अधिकार विभागकी सहायक महान्यायाधिवक्ता हार्मिट ढिल्लनले प्रदर्शनकारीहरूले ‘पूजास्थल अपवित्र बनाएको र इसाई श्रद्धालुहरूको पूजा–आराधनामा हस्तक्षेप गरेको’ विषयमा संघीय कानुन उल्लंघन भएको छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । यस क्रममा संघीय ‘फ्रिडम अफ एक्सेस टु क्लिनिक इन्ट्रान्सेस एक्ट’ अन्तर्गत छानबिन भइरहेको छ, जसले पूजास्थलको सुरक्षासमेत सुनिश्चित गर्छ ।

ट्रम्प प्रशासनअन्तर्गतको गृह सुरक्षा विभागले पनि उक्त प्रदर्शनको कडा आलोचना गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा आन्दोलनकारीहरूले अब संघीय सुरक्षाकर्मी मात्र नभई चर्चहरूलाई समेत लक्षित गर्न थालेको आरोप लगाइएको छ । ट्रम्प प्रशासनले राज्य र स्थानीय अधिकारीहरूले अशान्ति रोक्न असफल भएको दाबी पनि गरेको छ ।
एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.