काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् । “हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ ।
दल नेताहरूले ग्रीनल्याण्डले आगामी दिनमा पनि अमेरिका तथा अन्य पश्चिमी मुलुकसँग सहकार्य जारी राख्ने स्पष्ट पारेका छन् । तर ग्रीनल्याण्डको भविष्यसम्बन्धी कुनै पनि काम अन्तर्राष्ट्रिय कानुन र आत्म–शासन ऐनको आधारमा, ग्रीनल्याण्डवासीसँगै छलफल र सहमतिमा अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । उक्त संयुक्त वक्तव्यमा ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रीनल्याण्ड अमेरिकाले प्राप्त गर्ने विषयमा “सजिलो वा गाह्रो जुनसुकै तरिकाले पनि सम्झौता हुनेछ” भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ग्रीनल्याण्डका जनताको चाहना भए–नभए पनि आफूले यस विषयमा केही गर्ने बताएका छन् ।
ग्रीनल्याण्ड डेनमार्कको पूर्व उपनिवेश हो । सन् १९५३ मा यो डेनमार्कको राज्यको अभिन्न हिस्सा बनेको थियो भने सन् १९७९ मा आत्म–शासन अधिकार पाएको थियो । यद्यपि, परराष्ट्र नीति र रक्षा सम्बन्धी अधिकार डेनमार्ककै मातहतमा छन् । हाल ग्रीनल्याण्डमा अमेरिकाको एक सैन्य आधार पनि रहेको छ ।
जनवरी २०२५ मा पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन् । उनले यसका लागि “सैन्य वा आर्थिक दबाब” प्रयोग गर्न सक्ने सम्भावनालाई समेत नकारेका छैनन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.