काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।
यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा यही डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्शका वरिष्ठ प्रतिनिधिहरुको सहभागिता थियो ।
त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमुलक क्षेत्र र सेवामुलक उद्योगमा हुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ ।
त्यस अवसरमा एमच्यामले नेपालमा निजी क्षेत्रका लागि लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा मात्रै १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना प्रस्तुत गरेको थियो ।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले अमेरिकी चेम्बर अफ कमर्श इन नेपालको स्थापना विभिन्न अमेरिकी कम्पनीहरुको सहयोगमा भएको उल्लेख गरे । उनले एमच्याम नेपाल दुवै देशका लगानीकर्ताका लागि बलियो र प्रभावकारी माध्यम रहेको बताए ।
नेपाल र अमेरिकाका दुवै देशलाई फाइदा हुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमा पनि ठूलो अवसर रहेकोमा जोड दिए ।
शाहले दुवै देशले व्यापार र लगानी बढाउनका लागि देखिएका नियामकीय चुनौती, अवरोध हटाउन पनि जरुरी रहेको धारणा राखे । उनले नेपालमा रहेको अमेरिकी दूतावासले एमच्यामलाई गरेको सहयोगप्रति धन्यवाद समेत दिए । यसमार्फत नेपालमा अमेरिकी लगानी बढावा दिनका लागि सहयोग पुगेको उनको भनाइ थियो ।
त्यस अवसरमा अमेरिकी अधिकारीहरुले नेपालमा भएको नीतिगत सुधारको प्रयासलाई प्रशंसा गरेका थिए । यूएस चेम्बर अफ कमर्शका निर्देशक प्याट्रिक पिटले भने, ‘नेपाल सरकारले आइसिटीको क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो छ, सरकारले नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडरी कार्यालय खोल्न पनि बाटो खुलेको छ, यसले अमेरिकी निजी क्षेत्रलाई थप लगानी गर्नका लागि सहज भएको छ ।’
उनले पूर्वानुमान योग्य नियम, पारदर्शी कानुन तथा निरन्तर कार्यान्वयन अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य तत्व भएको बताए । ‘यस्ता अवसरका लागि नेपाल क्रमशः महत्वपूर्ण बजारको रूपमा उदाइरहेको छ । हामी नेपालले अमेरिकी व्यवसायहरू सफल हुन सक्ने वातावरण अझ सुदृढ गर्दै साझेदारीसहितको समृद्धिमा योगदान पु¥याउने अपेक्षा गर्छौँ ।’ उनले भने ।
कार्यक्रममा एमच्याम नेपालले नेपालमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डाटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो । नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै अविकसित अवस्थामा रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानीको अनुमति पनि रहेको बताइएको थियो । अमेरिकी पक्षले पनि क्षेत्री ऊर्जा सुरक्षामा नेपालले गर्नसक्ने योगदान तथा दीर्घकालीन, दिगो लगानीको सम्भावनाप्रति चासो व्यक्त गरेको थियो ।
साथै दुवै पक्षले अमेरिका–नेपाल जलविद्युत् लगानीको वेबिनार आयोजना गर्ने, अमेरिकाका विभिन्न सहरमा लगानीकर्ताले रोड–शो सञ्चालन गर्ने र अमेरिकी लगानीकर्तालाई बैंकयोग्य ऊर्जा परियोजनाको पोर्टफोलियो तयार गर्ने सहमति पनि भएको थियो ।
यसमार्फत एमच्याम नेपालको अनुदानदेखि व्यापारसम्म भन्ने दृष्टिकोण अझ समृद्ध भएको बताइएको छ । यसमार्फत दुवैतर्फ लगानी र व्यापार विस्तारमार्फत दुवै देशको समृद्धि अभिवृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढाउन सहयोग पुग्ने उल्लेख छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.