काठमाडौं । मेक्सिकोमा जेनजी उमेर समूहले सरकारविरुद्ध गरेकाे आन्दोलनमा प्रहरीलेहिति १२० जना घाइते भएका छन्। मुलुकभित्र बढिरहेको अपराध, भ्रष्टाचार र दण्डहीनताकाे विराेधमा जेनजी समूहले देशव्यापी प्रदर्शन सुरू गरेकाे हो।
मेक्सिकाेका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी र २० जना आन्दोलनकारी घाइते भएका छन्। साथै, २० जना आन्दोलनकारी पक्राउ परेका छन् भने थप २० जनालाई प्रशासनिक कारबाहीकाे लागि बुझाइएकाे उनले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये ४० जना प्रहरीकाे अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनकारीहरूले जापानी मंगा वन पिस काे ‘स्ट्र ह्याट’ (खरानी टोपी लगाएको खोपडी) अंकित झण्डा फहराएका छन्। बाहिरी रूपमा कार्टूनजस्ताे देखिए पनि, यो झण्डा जेनजी पुस्ताका आन्दोलनकारीका लागि गहिरो सांस्कृतिक तथा प्रतीकात्मक अर्थ बोकेको मानिन्छ।
विश्वभर युवापुस्तामुखी आन्दोलनमा प्रयोग हुने सांस्कृतिक प्रतीकहरूमध्ये वन पिस काे जोली रोजर झण्डा अहिले जेनजी आन्दोलनको साझा पहिचान बन्दै गएको छ।
मेक्सिको सिटीस्थित राष्ट्रपति क्लाउडिया शाइनबौम बस्ने नेशनल प्यालेस वरिपरि राखिएका बार हटाउने क्रममा हुड लगाएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो।
प्रदर्शनमा प्रयोग गरिएको झण्डा १९९७ मा प्रकाशित जापानी मंगा वन पिस का सर्जक एइइचिरो ओडाले रचेको कथाबाट प्रेरित हो।
मंगामा मुख्य पात्र मन्की डी. लुफी र उनको स्ट्र ह्याट क्रू स्वतन्त्रता, सपनाको खोजी र दमनकारी वर्ल्ड गभर्नमेन्ट विरुद्ध लड्ने कथामा केन्द्रित छन्।
वन पिसका प्रशंसकहरूका अनुसार यो झण्डा—
✔ सपनाको खोजी,
✔ अन्यायविरुद्धको विद्रोह,
✔ स्वतन्त्रताको प्रतीक मानिन्छ।
त्यसैले यो झण्डा हाल एशियाका विभिन्न विरोध प्रदर्शन—इन्डोनेसिया, फिलिपिन्स, नेपाल—देखि फ्रान्सको राजधानी पेरिससम्म युवापुस्ताको प्रतिरोधको प्रतीकका रूपमा फैलिएको छ।
(एएनआई)
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.