×

मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगै ‘द बीस्ट’ नामक राष्ट्रपतिको विशेष सवारीमा क्वालालम्पुर कन्भेन्सन सेन्टरतर्फ प्रस्थान गर्नु अघि ट्रम्पलाई भव्य स्वागत गरिएको थियो ।
आधिकारिक स्वागत समारोहमा ट्रम्पले परम्परागत मलेसियाली नृत्यमा सहभागी हुँदै उत्सवमय वातावरण सिर्जना गरेका थिए । जसले उनको भ्रमणको औपचारिक कार्यक्रमको सुरुवातलाई प्रतीकात्मक रूपमा रंगीन बनाएको थियो ।
ट्रम्प आइतबार एयर फोर्स वनमार्फत मलेसिया पुगेका हुन् । मलेसियाली फाइटर जेटहरूले उनको विमानलाई मलेसियाली हवाई क्षेत्रसम्म एस्कर्ट गर्दै ल्याएका थिए । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं मलेसियाली नागरिकहरू उनको स्वागतका लागि भेला भएका थिए ।
‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहमा साक्षी
ट्रम्प, क्याम्बोडिया र थाइल्यान्डका नेताहरूसँगै दक्षिणपूर्वी एसियाली मुलुकहरूबीच ‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहका साक्षी बन्ने तय भएको छ । उक्त सम्झौता जुलाई महिनामा भएको सीमावर्ती संघर्षपछि स्थायी समाधानका रूपमा गरिएको हो ।
थाइल्यान्ड र क्याम्बोडियाबीच सीमाको अस्पष्ट क्षेत्रका कारण विगत लामो समयदेखि विवाद रहँदै आएको थियो । जुलाईमा पाँच दिनसम्म चलेको झडपमा दुवै पक्षमा मानवीय क्षति र विस्थापन भएको थियो । त्यसपछिको मलेसियाको मध्यस्थतामा गरिएको युद्धविरामले दुवै पक्षबीच पुनः वार्ताको बाटो खोलेको थियो ।
सीमा निर्धारणमा प्रगति
हालै थाइल्यान्डको चान्थाबुरीमा सम्पन्न संयुक्त आयोगको बैठकले १५ सीमा स्तम्भ प्रतिस्थापन गर्ने र बाँकी भूभागको प्राविधिक सर्वेक्षण तत्काल अघि बढाउने निर्णय गरेको छ ।
थाइल्यान्डका परराष्ट्र मन्त्री सिहासाक फुआङ्गकेट्केओका अनुसार अब दुवै मुलुक ‘थाइल्यान्ड–क्याम्बोडिया सम्बन्ध घोषणा पत्र’ अन्तिम चरणमा पु¥याउने दिशामा छन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेतले पनि संयुक्त वक्तव्य जारी गर्दै वार्ता “मैत्रीपूर्ण र सहयोगी वातावरणमा सम्पन्न भएको” बताएका छन् ।
चिनियाँ राष्ट्रपति सँग भेटवार्ता तय
ट्रम्पले आसियान सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तय भएको छ । जसले शिखर सम्मेलनलाई रणनीतिक दृष्टिले झन् महत्वपूर्ण बनाएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले लेखेका छन्, “म मलेसिया जाँदैछु, जहाँ मैले क्याम्बोडिया र थाइल्यान्डबीचको महान शान्ति सम्झौता साक्षी बन्नेछु । थाइल्यान्डकी महारानी आमाको निधनप्रति म दुःख व्यक्त गर्दछु । यो सम्झौता हाम्रो क्षेत्रीय शान्ति र एकताको ठूलो कदम हुनेछ ।” ट्रम्पको मलेसिया भ्रमणले अमेरिकाको दक्षिणपूर्वी एसियाली कूटनीतिक संलग्नता अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.