काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् ।
चीनको थियानजिन सहरमा आयोजितशांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् ।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्रीओलीले चीनका उपराष्ट्रपति हानचङ्गसँग भेट गर्नेछन् ।
उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सहभागी हुनेछ ।