×

भारत–चीन सम्बन्धमा नयाँ मोड: वाङ यीको भारत भ्रमणले के संकेत गर्छ?

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनबीचको सम्बन्ध प्रतिस्पर्धाभन्दा पनि साझेदारीको आधारमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

भारत भ्रमणको क्रममा उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट गर्दा यस्तो कुरा उठाएका हुन्। वाङका अनुसार, दुवै राष्ट्रले विगतका कठिनाइलाई छाडेर सम्बन्ध सुधार्ने उच्च गतिको प्रयास जारी राख्नुपर्नेछ।

जयशंकरले समेत हाल दुवै मुलुक अगाडि बढ्ने मनस्थितिमा रहेको उल्लेख गर्दै वाङसँग आपसी हितका विभिन्न मुद्दामा छलफल गरेका छन्। यसै क्रममा चीनले भारतमा मल, दुर्लभ खनिजबाट बनेको चुम्बक र सुरुंग खन्ने मेसिनको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने सहमति जनाएको छ।

यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध समीक्षा गर्ने अवसरका रुपमा पनि हेरिएको छ। वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने तालिका तय भएको छ।

सन् २०२० मा गलवान उपत्यकामा भएको भिडन्तपछि भारत–चीन सम्बन्धमा ठूलो चिसोपन आएको थियो। त्यही घटनापछि अवरुद्ध भएका उडानसमेत अब पुनः सुरु हुने संकेत देखिएको छ। आगामी अगस्टमा चीनमा हुने शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको समयमा यसबारे घोषणा हुने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कडा नीति लिएको सन्दर्भमा चीनले भारतसँग सम्बन्ध विस्तारमा चासो बढाएको विश्लेषण भइरहेको छ। भारतीय उद्योगपति गौतम अदानीको समूहले समेत चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा ब्याट्री उत्पादन गर्ने तयारी गरिरहेको जनाइएको छ।

दुवै मुलुकबीचको व्यापार र यात्रासम्बन्धी अवरोध क्रमशः हट्दै गएकाले मोदीको आगामी चीन भ्रमणमा थप महत्वपूर्ण घोषणा हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.