×

दक्षिण कोरियामा कोमामा रहेका उदयपुरका कमल चौधरीको निधन

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

दक्षिण कोरियामा डेढ महिनादेखि कोमामा उपचाररत उदयपुर चौदण्डीगढी-५ बेल्हाका कमल चौधरीको निधन भएको छ।

कोरियाको बुसानस्थित अस्पतालमा उपचार भइरहेका चौधरीको आइतबार निधन भएको उनकी परिवारजनले पुष्टि गरेका छन्। कामको खोजीमा बस्दै आएका उनी अचानक ढलेपछि अस्पताल पुर्‍याइएका थिए।

कारण अस्पष्ट, परिवार स्तब्ध

चौधरी अचेत हुनुको ठ्याक्कै कारण भने स्पष्ट भएको छैन। प्रारम्भिक जाँचमा उनको टाउकोमा रगत जमेको अवस्था देखिएको अस्पतालले जनाएको छ। कोमामा रहँदा उनले कहिलेकाहीँ हातखुट्टा हल्लाउने र आँखा झिम्क्याउने प्रतिक्रिया देखाए पनि स्वास्थ्यमा सुधार देखिएन।

कम्पनी छोडेर सेल्टरमा बसेका थिए

निधनभन्दा एक महिना अघि नै चौधरीले काम गर्दै आएको कम्पनी छोडेका थिए। त्यसपछि नयाँ रोजगारी खोजिरहेका बेला उनी अस्थायी आवास (सेल्टर) मा बस्दै आएका थिए। त्यही अवधिमा उनी अचानक अचेत भई अस्पतालमा भर्ना भएका थिए।

उपचार खर्च १६ लाख रुपैयाँभन्दा बढी

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार चौधरीलाई अस्पतालमा भर्ना गरिएका बेला प्रहरीमार्फत एम्बुलेन्स प्रयोग गरिएको थियो। उपचार खर्च भने अत्यधिक बढेको छ। अहिलेसम्म १६ लाख रुपैयाँभन्दा बढी बिल बनेको र त्यो रकम परिवारले तत्काल तिर्न नसक्ने अवस्था रहेको दूतावासले जनाएको छ।

परिवार र समुदायलाई ठूलो धक्का

कमल चौधरीको निधनले उदयपुरस्थित उनका आफन्त स्तब्ध बनेका छन्। विदेशमा उपचार खर्च र कानुनी प्रक्रिया मिलाउनुपर्ने चुनौती थपिएको छ। त्यस्तै, कोरियामा रहेका नेपाली समुदाय पनि घटनाप्रति चिन्तित बनेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x