कुवेतमा अवैध रूपमा उत्पादन गरिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या बढेर १२ पुगेको छ । नेपाली दूतावासका अनुसार, आइतबारसम्म करिब ३० जना नेपाली विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
गत सातादेखि ‘मेथानोल’ नामक खतरनाक रसायन मिसाइएको अवैध मदिरा सेवनका कारण कुवेतभर १६० जनाभन्दा बढी बिरामी परेका थिए । स्वास्थ्य मन्त्रालयका विवरणअनुसार, हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारले ज्यान गुमाइसकेका छन् ।
घटनापछि कुवेतको आन्तरिक मन्त्रालयले व्यापक छापा मार्दै अवैध मदिरा उत्पादन तथा बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये नेपाली, भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।
सुरक्षा निकायले साल्मिया क्षेत्रमा एक नेपालीलाई मेथानोलसहित नियन्त्रणमा लिएपछि अन्य व्यक्तिहरूको संलग्नता फेला परेको जनाएको छ । पक्राउ परेकामध्ये केहीमाथि हत्यासम्बन्धी अभियोग समेत लगाइने बताइएको छ ।
त्यसैगरी, छापा मार्दा ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिइएका छन् । साथै श्रम कानुन उल्लङ्घन, अवैध बसोबास र भिसा ओभरस्टेमा संलग्न २५८ जना आप्रवासीलाई पनि पक्राउ गरिएको छ ।
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने निर्णय लिएका छन् । उनीहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरी अनुसन्धान गर्ने र पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने जनाइएको छ ।
कुवेतमा मदिरा उत्पादन, बिक्री र सेवन कानूनी रूपमा पूर्ण प्रतिबन्धित छ । यस्तो गतिविधिमा संलग्नलाई कडा सजायसहित देश निकाला गर्ने व्यवस्था छ ।
कुवेतमा करिब १ लाख ६० हजार नेपाली कार्यरत छन् । पछिल्ला वर्षहरूमा नेपाली कामदारहरू लागूऔषध ओसारपसार तथा अवैध मदिरा प्रकरणमा मुछिँदै आएको भन्दै समुदायमा नकारात्मक छवि बनेको दूतावासले जनाएको छ ।
नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएन) कुवेतले आप्रवासीलाई कानुन विपरीतका गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । दूतावासका अनुसार, हाल कुवेतका जेलमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी वा लागूऔषधसम्बन्धी मुद्दामा परेका छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.