आवाज़ा (तुर्कमेनिस्तान), साउन १९ – भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को हितका लागि आयोजित संयुक्त राष्ट्रसंघीय तेस्रो उच्चस्तरीय सम्मेलन तुर्कमेनिस्तानको आवाजा शहरमा सुरु भएको छ। सम्मेलनको उद्घाटन आज एक विशेष समारोहका बीच स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न भयो।
समारोहमा तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहभागी देशहरूका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई स्वागत गरेका थिए। सम्मेलन २३ साउनसम्म जारी रहनेछ।
उद्घाटन सत्रमा महासचिव गुटेरेसले एलएलडीसी राष्ट्रहरूका लागि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने र ती देशहरूले सामना गरिरहेका संरचनागत चुनौतीहरूको दीर्घकालीन समाधानका लागि साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे।
त्यस्तै, तुर्कमेनिस्तानका राष्ट्रपति सेरडार बेरदिमुहामेदोभले दक्षिण–दक्षिण सहयोग, संसदीय संवाद, युवा सहभागिता र नागरिक संजालको भूमिकालाई सशक्त बनाउँदै भूपरिवेष्टित राष्ट्रहरूको दिगो विकास सुनिश्चित गर्नुपर्ने धारणा राखे।
संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्ष फिलेमोन युन्जीले समेत उद्घाटन सत्रलाई सम्बोधन गर्दै एलएलडीसी राष्ट्रहरूको सशक्तिकरणमा अन्तरराष्ट्रिय साझेदारी आवश्यक भएको बताए।
सम्मेलनको ‘प्लेनरी सत्र’ आवाजास्थित एक प्रमुख पर्यटकीय भवनमा सुरु भएको हो, जहाँ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। उनले अल्पविकसित राष्ट्रहरूको तर्फबाट पनि सम्मेलनमा आफ्नो धारणा प्रस्तुत गर्ने छन्।
यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय संस्थाहरूका वरिष्ठ अधिकारीहरूसँग पनि छलफल हुने कार्यक्रम छ।
भूपरिवेष्टित राष्ट्रहरूले सिधा समुद्री पहुँच नहुँदा व्यापार, यातायात र क्षेत्रीय समृद्धिमा जटिलता सामना गरिरहेका बेला यो सम्मेलनलाई विशेष अवसरका रूपमा हेरिएको छ। सम्मेलनले नीति निर्माण, रणनीतिक साझेदारी र अन्तरसरकारी समन्वयमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्यासिंह शाह, तथा परराष्ट्र सचिव अमृतबहादुर राई लगायतको सहभागिता रहेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.
https://shorturl.fm/52KYG