आइतबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला आठ सय रूपैयाँले बढेर एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ ।
गतसाता शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँ रहेको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेर प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबार २२ सय ८० रूपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।