×

उत्कृष्ट व्यवसायीलाई ‘सिआइपी’ सम्मान — निजी क्षेत्र उत्साहित

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

सरकारले आज विभिन्न क्षेत्रबाट अर्थतन्त्रमा योगदान पुर्‍याएका ३१ जना व्यवसायीहरूलाई महत्त्वपूर्ण व्यवसायी व्यक्ति (सिआइपी) का रूपमा विशेष सम्मान गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गर्न लागेका हुन्।

व्यवसायिक क्षेत्रमा हौसला थप्ने उद्देश्यले सरकारले हरेक दुई वर्षमा यस्तो सम्मान गर्दै आएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका अनुसार यो सम्मानले निजी क्षेत्रलाई उत्साहित तुल्याउने र नयाँ लगानीका लागि प्रेरित गर्ने विश्वास लिइन्छ।

सिआइपीले पाउने विशेष १० सुविधा:

  • सरकारबाट प्रदान गरिने विशेष परिचय पत्र, प्रतीक चिह्न र प्रमाणपत्र

  • प्रधानमन्त्री, मन्त्रीसहित उच्च अधिकारीहरूसँग भेटघाटमा प्राथमिकता

  • सिंहदरबार प्रवेशमा सहजता

  • त्रिभुवन विमानस्थलसहित आन्तरिक विमानस्थलमा सिआइपी लाउन्जको सुविधा

  • सरकारी तथा निजी क्षेत्रका औपचारिक कार्यक्रममा विशेष आमन्त्रण

  • अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालको प्रतिनिधित्वमा प्राथमिकता

  • सार्क स्टिकर भिसा सहज उपलब्धता

  • कार्यक्रमहरूमा विशेष बस्ने स्थानको व्यवस्था

  • विमानस्थलको आगमन र प्रस्थान कक्षसम्म पहुँचको सुविधा

कसलाई किन दिइन्छ सम्मान?
सरकारले लगानी आकर्षण, निर्यात प्रोत्साहन, व्यापार घाटा न्यूनिकरण र विदेशी मुद्रा भित्र्याउने उद्देश्यले विभिन्न मापदण्डका आधारमा सिआइपी सम्मान प्रदान गर्छ। यो कुनै विशेष पहुँच वा सम्बन्धका आधारमा होइन, व्यवसायिक उपलब्धिको आधारमा दिइने गरिन्छ।

यस वर्ष सम्मानित व्यवसायीहरू:

  • तेस्रो मुलुकमा निर्यात गर्ने व्यवसायीः थर्ड आई इन्टरनेसनल, नेपाल फेसन प्रालि, नेसनल एक्सपोर्ट्स प्रालि, मनराम हिमालयन ह्याण्डीक्राफ्ट, ट्राइकोट इन्डष्ट्रिज

  • भारतमा निर्यात गर्ने व्यवसायीः डाबर नेपाल, आरती स्ट्रीप्स, रिलायन्स स्पिनिङ मिल्स

  • चीनमा निर्यात गर्ने व्यवसायीः छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज, अष्ठमंगल कम्पनी

  • हस्तकलाका क्षेत्रः गिफ्टल्याण्ड इन्टरप्राइजेज

  • कृषि तथा जडीबुटी क्षेत्रः नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन, एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स

  • महिला व्यवसायी प्रतिनिधिः जनकपुर रिफाइनरिज कम्पनी

  • विप्रेषण क्षेत्रमा योगदानकर्ताः आईएमई लिमिटेड

  • पर्यटन क्षेत्रः एभरेष्ट हस्पिटालिटी होटल लिमिटेड

व्यवसायिक संस्थागत प्रतिनिधिहरू:

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल

  • नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवाल

  • नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्रराज पाण्डे

अन्य सम्मानित कम्पनीहरू:

  • एक अर्ब वा सो बढी निर्यातकर्ताः सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट, एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्स, काठमाडौं

  • पाँच अर्ब वा सो बढी निर्यात गर्ने वस्तुगत संघ अध्यक्षहरूः नेपाल छुर्पी व्यवसायी संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ

  • १५ अर्ब वा सो बढी निर्यात गर्ने महासंघ अध्यक्षहरूः नेपाल हस्तकला महासंघ, निर्यात व्यवसायी महासंघ

  • स्टार्टअप क्षेत्रमा दुई करोड वा सो बढी निर्यातकर्ताः माइन्डफुल क्राफ्ट प्रालि

सरकारको यो सम्मानले व्यवसायिक क्षेत्रमा थप उत्साह र लगानीको वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.