राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भिजिट भिसा प्रकरणमा सदनभित्र जारी विरोधका साथै आवश्यक परे सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले सरकार र प्रधानमन्त्रीलाई लक्षित गर्दै भिजिट भिसा प्रकरणमा चुप लागेर नबस्ने स्पष्ट पारे।
लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठन भएको सुशासन आयोग कहाँ हरायो भन्दै प्रश्न गर्दै, एकपछि अर्को काण्डमा सरकारका मन्त्रीहरू मुछिँदा पनि किन कारबाही नहुने भन्दै आलोचना गरे।
उनले जनताका पक्षमा आवाज उठाइरहने र आवश्यकता अनुसार सडकमा उत्रन समेत पछि नहट्ने बताएका थिए।

