प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार संसदमा सम्बोधन गर्ने तयारीमा छन्।
उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, प्रचण्डले वर्तमान गठबन्धन सरकारको एक वर्षे कार्यकाल, भिजिट भिसा प्रकरण, संघीय निजामती सेवा विधेयक, मन्त्रीहरूसँग जोडिएको घुस प्रकरण, प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण लगायत समसामयिक मुद्दामा धारणा राख्ने छन्।
प्रचण्डले संसदमा सम्बोधन गर्नका लागि सभामुख देवराज घिमिरेसँग समय मागेको र प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतले उक्त माग स्वाभाविक रूपमा कार्यसूचीमा समावेश हुने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।
यसअघि प्रचण्डले चैत २७ गते संसदमा सम्बोधन गरेका थिए। यसपटकको सम्बोधनमा उनले सरकारको कार्यसम्पादन, वर्तमान विवादहरू र सत्तापक्षका क्रियाकलापप्रति कडा प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ।

