स्पेनमा भएको मानव तस्करी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संलग्नहरूलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरिएको छ।
‘युवराज सफल’ नाम गरेका व्यक्तिले आइतबार आयोगमा उजुरी दर्ता गराएका हुन्।
उक्त उजुरीमा संयुक्त राष्ट्रसंघको “इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट” कार्यक्रममा सहभागी भई नेपाल नफर्किएका १० जना व्यक्तिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उल्लेख छ।
उजुरीमा भनिएको छ, “जसरी कोशी प्रदेशका तत्कालीन आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पक्राउ गरी अनुसन्धान गरिएको थियो, त्यही नजिरअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ।”
प्रकरणको गम्भीरताका कारण प्रधानमन्त्री स्तरबाट जवाफदेहिता आवश्यक रहेको माग उजुरीमार्फत गरिएको हो।
