काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले आर्थिक वर्ष २०८२/८३ काे नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ। सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले दिएको जानकारीअनुसार आज दिउँसो २ बजे बस्ने नगर सभामा बजेट र नीति कार्यक्रम प्रस्तुत गरिने छ।
आगामी वर्षकाे नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गर्नेछन् भने बजेट उपप्रमुख सुनिता डङ्गोलले नगर सभामा प्रस्तुत गर्नेछिन्।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। सो बजेटमा पूर्वाधार विकासमा सबैभन्दा धेरै ५१ प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनमा १४ प्रतिशत, सुशासन तथा अन्य सम्बन्धित क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासकाे क्षेत्रमा ३ प्रतिशत रकम विनियोजन गरिने उल्लेख छ।
Ask ChatGPT

