काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि दिउँसो २ बजे नगरसभा बोलाइएको छ।
यसअघि शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। कार्यपालिका सदस्यहरूको समर्थनपछि सो प्रस्ताव पारित भएको थियो। बैठक छोटो समयमा सम्पन्न भई मेयर शाहले एक मिनेटमै बैठक समाप्त भएको घोषणा गरेका थिए।
महानगरले चालु आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। आय–व्ययको अनुमानका आधारमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले बजेटको रूपरेखा तयार गरेको हो।
नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको अर्को बैठक बस्ने कार्यक्रम पनि रहेको छ।
