काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइतबार सार्वजनिक गर्ने भएको छ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र सोही दिन बजेट सार्वजनिक गर्ने निर्णय सुनाएका हुन्।
बजेट सार्वजनिक गर्नुअघि राजस्व परामर्श समितिको बैठकले पूर्वाधार विकासतर्फ बजेट बढाउने निर्णय गरेको थियो।
बालेनको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ।
क्षेत्रगत बजेट विनियोजन यस प्रकार छ:
-
पूर्वाधार विकास : ५१%
-
सामाजिक विकास : २०%
-
प्रशासनिक तथा कार्यालय सञ्चालन : १४%
-
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र : १२%
-
आर्थिक विकास : ३%
मेयर शाहले जनचाहनाअनुसार योजना निर्माण गर्दै पूर्वाधारलाई प्राथमिकता दिन निर्देशनसमेत दिएका छन्।
