चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरका व्यक्तिको शव केही अंगहरूसहित अपुरो अवस्थामा भेटिएको हो।
शव फेला परेपछि सशस्त्र प्रहरीको अस्थायी सुरक्षा बेस भालढुंगा र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि भरतपुर जिल्ला अस्पताल पठाएको छ।
शवको हालसम्म पहिचान खुलेको छैन। तर प्रहरी स्रोतका अनुसार उक्त शव हालै रसुवामा आएको बाढीमा बेपत्ता भएका मध्ये कुनै एक व्यक्तिको हुन सक्ने आशंका गरिएको छ। बाढीले ठूलो क्षति पु¥याएकोले नदीमार्ग हुँदै शव बगिएको हुन सक्ने अनुमान गरिएको छ।
शवको पहिचान र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।
