नेपाली राजनीतिमा यति छोटो समयमा यति ठूलो सफलता कुनै दलले यति सहजै प्राप्त गरेका थिएनन् । उज्ज्वल थापाहरूले सुरु गरेको वैकल्पिक राजनीतिको बीजलाई बालेन र रवि लामिछानेहरुले यति मज्जाले फुलाइदिए कि सयौं वर्षदेखि राज्य सत्ता हल्लाएकाहरूको मुटु कामी रहेको छ।
प्रतिनिधिसभामा २१ प्रभावशाली सांसदहरु छ महिनाको राजनीतिक यात्रामै त्यति अपेक्षित नतिजा थिएन। अझ ती २१ युवा सांसदहरूको सोच, अध्ययन र कर्मशीलताले त नेपालको संसदीय राजनीति र समितिहरूको प्रभावकारिता यसरी बढाइदिएको छ कि अहिले नेपालका मिडियामा राजनीतिक विषयको राम्रो पकड बढेको छ। नयाँ शक्तिहरूको राजनीतिक प्रवेशसँगै शक्ति र पदको दुरुपयोग गरेर कसरी जनताहरुमाथि शोषण गरिँदो रहेछ भन्ने केही प्रतिनिधिमूलक घटनाहरू अहिले जनताका आँखामा छताछुल्ल रुपमा आइरहेका छन् । यो संसदीय उपलब्धिले गणतन्त्रलाई अझ संस्थागत बनाउने एउटा बलियो हतियार मान्न सकिन्छ,जसको क्रेडिट सहजै राष्ट्रिय स्वतन्त्र पार्टीले लिन मिल्छ ।
संसदीय राजनीतिमा पकड बढेता पनि पार्टी राजनीतिमा भने रास्वोपा कच्चा देखिएको छ। चर्को पत्रकारिताबाट उदाएका रवि लामिछानेले आफ्नो राजनीतिक शक्ति बुझ्न नसक्दा अहिले भैरहवाको कारागारमा छन्। पार्टीले राजनीतिक प्रतिशोध भन्दै जनतामा विभिन्न बहानामा पुगे पनि शक्ति हस्तान्तरण सहज नहुने बुझ्न नसक्दा नतिजा स्वरुप रास्वपाको उच्च जनसमर्थन बीच पार्टी भने कमजोर रहिरहेको छ। विभिन्न राजनीतिक दलसँग आस्था भएका युवाहरू संगठित बनेर नयाँ दल खुलेतापनि अहिलेसम्म एक्ले अर्कालाई सहजै स्वीकार्न सक्ने अवस्था रास्वपा भित्र बनिसकेको छैन। त्यसको एक ज्वलन्त उदाहरण रास्वपाको आफ्नो राजनीतिक अवधारणा स्पष्ट नहुनु पनि हो। पार्टीको विधान,जलेश्वर बैठकबाट पारित गरेको अवधारणा र राष्ट्रिय भेलामा सभापतिले प्रस्तुत गरेको प्रतिवेदन आफ्नो राजनीतिक अवधारणा भएको रास्वपाले बताउँदै आए पनि सहज रुपमा जनताले बुझ्न सक्ने रास्वपाको कुनै राजनीतिक अवधारणा अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।
“पार्टी लोकप्रियताको शिखरमा भए पनि सस्तो लोकप्रियता र आक्रोशको राजनीति रास्वपालाई कालान्तरमा महंगो पर्ने पक्का छ।”
पार्टीको चर्को लोकप्रियता र जनविश्वास बीच पनि पार्टीको विचार सिद्धान्त र मार्गदर्शन माथि ध्यान नदिई खाली सस्ता मुद्दा र लोकप्रियता सँगै आक्रोश र प्रतिशोधको राजनीति देखाउनु रास्वपाका लागि कालान्तरमा महँगो पर्ने पहिलो कम्जोरी देखिन्छ ।
आफूलाई लोकतान्त्रिक धारमा उभ्याउने रास्वपा भित्रको आन्तरिक लोकतन्त्र भने कमजोर छ। फरक विचार राख्नेमाथि स्पष्टीकरण र कारबाही त्यसका यथेस्ट नजिरहरु हुन् तर नयाँ दलमा अनुशासन पनि अपरिहार्य हतियार हो । कार्यकर्ता स्तरमा चरम निराशा र विवाद रहेता पनि केन्द्रीय टिम भने अहिलेसम्म कुनै पार्टी निर्माण विरुद्ध बोल्न सकेको छैन। नेतृत्व विरुद्ध बोले मुकुल भइन्छ वा सही समयको प्रतिक्षामा हुन् शीर्षस्थ नेताहरू खुलेर आफ्ना कुराहरु राख्न सक्ने अवस्थामा पार्टीभित्र छैनन, त्यसको प्रत्क्षय प्रभाव कार्यकर्ता माझ बढदै गएको निराशा , अन्योलता र वैचारिक अस्पष्टताले दर्शाउँछ । अझ भन्ने हो भने रास्वपाका केन्द्रिय नेता र केही संसदहरु नै आफ्नो दलको सिद्धान्त र विचारमा स्पष्ट छैनन भन्ने बुझ्न उनिहरुले दिने सार्वजनिक अभिव्यक्तिमा एकरूपता नहुनुले समेत दर्शाउँछ। त्यसको असर दलमा नेता, कार्यकर्ता र शुभेच्छुक समर्थक छुट्टिन नसक्नु हो, जसले रास्वपाका क्याडर र शुभेच्छुकहरू छुट्याउन पार्टीले सकेको छैन।
पार्टीभित्र फरक विचार राख्नेलाई पार्टी नेतृत्वले समन्वय नगरिकन कारबाहीको डण्डा चलाउनुले पनि रास्वपा कमजोर गतिमा अगाडि बढ्दै गरेको सहजै अनुमान गर्न सकिन्छ। कतिपय घटनामा त अनुशासन आयोगको नियत माथि नै प्रश्न उठ्दा पनि शीर्षस्थ पार्टी नेतृत्व बोल्न नसक्दा रास्वपा भित्रको अन्योलता सहजै अनुमान लगाउन सकिन्छ । व्यक्ति निकटताका आधारमा जिम्मेवारी बाँडफाँड, त्यसै अनुरूप साधनस्रोतको प्रयोग र परिचालनले दत्तचित्त भएर पार्टीका लागि काम गर्ने कार्यकर्ताहरु पिल्सिदै गएका छन्, तेस्ता कार्यकर्ता को संरक्षणमा कुनै नेता बोल्न नसक्नु आफुलाई भयङ्कर जनपक्षीय ठान्नेहरूको कायरता हो, त्यसको प्रत्यक्ष असर पार्टीको तल्लो नेतृत्वमा रहेकाहरूले राजीनामा दिने घटना बढ्नुले पनि देखाउँछ। यदि पार्टीले पुनर्संरचना गर्न नसकेमा रास्वपा छोड्ने सक्षम नेतृत्व बढ्ने देखिन्छ, जस्लाई धेरैले असक्षमहरूलाई पार्टीले दिएको जिम्मेवारी र उनीहरुले अन्धधुन्द प्रयोग गरेको आफ्नो शक्तिको दुरुपयोगको नतिजा समेत भन्न थालेका छन्।
संस्थापक सभापतिको मुद्दा किनारा नलागी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योलता रहँदै गर्दा पार्टीभित्र भने निस्तेजको राजनीति सुरु भइसकेको छ। सिङ्गो केन्द्रीय समिति निरीह रहँदा केही थान सांसदले सिंगो पार्टीको भार थामिरहेका छन् । आफूभन्दा सक्षम आउने डरले राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गर्न सकेको छैन। अझ भन्ने हो भने प्रथम महाधिवेशनमा समेत सम्भावना बोकेकाहरूलाई निस्तेज बनाउन पार्टी नेतृत्व लागेको भन्ने आरोप कार्यकर्ताले लगाउन थालिसकेका छन्। अझ ७९ को निर्वाचनमा घन्टीको प्रतिनिधित्व गर्दै प्रत्यक्ष उठेका उम्मेदवारहरूलाई समेत पार्टीले चित्त बुझाएर राख्न सकेको छैन।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.