प्रधानमन्त्रीको रबैया प्रधानमन्त्रीका दलका नेता कार्यकर्ताको स्वभाव पछिल्लो समय प्रधानमन्त्रीले संसदमा अन्य सांसदप्रति देखाएको व्यवहार र सामाजिक सञ्जाल अथवा मिडिया माथी गर्ने टिका टिप्पणीले पक्कै पनि राणाकालीन शासनको झल्को दिइरहेको छ।
त्यसैले मैले सिम्बोलिक रुपमा प्रधानमन्त्रीलाई श्री ३ भनेर सम्बोधन गरेको छु। फागुन ४ गते संसदमा जवाफ दिएर बाहिर निक्लिने क्रममा प्रधानमन्त्रीलाई जुन प्रधानमन्त्रीले भित्र संसदको रोस्टमबाट माननीयहरूको प्रश्नमा गरेको व्यवहार र सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई आधार मानेर केही पत्रकार साथीहरुले
प्रधानमन्त्रीलाई तानाशाही स्वभाव भयो प्रधानमन्त्रीको हिटलर बन्न खोज्नुभएको हो भन्ने आशयको प्रश्न गरेका थिए।
त्यस प्रश्नको कुनै पनि जवाफ नदि बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले पौष ५ गते संसदकै रोस्टमबाट सूर्यबहादुर थापाले संसद सचिवालयको ध्यानाकर्षण गराएका थिए। ध्यानाकर्षण गराएको लामो समयपछि एकाएक संसद सचिवालयले जुन सूचना जारी गर्यो त्यसले अहिले सामाजिक सञ्जाल र नेपालको सिंगो पत्रकारिता र संसदीय राजनीतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ। विषय त्यति ठूलो थिएन सानो थियो। यदि सरकार पक्षका सांसदहरुले संसदको रोस्टममा त्यो विषय नउचालेको भए अथवा निलम्बनको समाचार नबाहिरिएको भए सम्भवत त्यो विषय नेपाली राजनीतिबाट हराइसकेको थियो।
तर फागुन २१ गते एकाएक संसद सचिवालयले निलम्बनको समाचार राखिसकेपछि भने संसद परिसर र नेपाली पत्रकारिता जगतमा त्यो घटनाले तरङ्ग पैदा गरेको छ
संसदकै रोस्टममा उभिएर धेरै सांसदहरुले प्रधानमन्त्रीलाई हिटलरको संज्ञा दिएका छन्। त्यति मात्र होइन सरकार साझेदार नेपाली कांग्रेसले समेत त्यो विषय निन्दनीय भएको बताइसकेको छ अब प्रश्न यो बाँकी रहेको छ कि संसद सचिवालयले आफूले गरेको निर्णयमा पुनराविचार गर्छ कि गर्दैन नेपाली आम पत्रकारिता क्षेत्रले यो विषयलाई कसरी हेर्छ र के साँच्ची नै नेपालमा श्री ३ को शासन हो त ?