×

पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

खालीपाना न्युजडेस्क | ५ घण्टा अगाडि

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई क्रमशः ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले भने, ‘पुँजी बजारलाई केवल सेयर र सेक्युरिटिज कारोबारको माध्यम नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्दछ भन्ने धारणा राख्न चाहन्छु । बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ क्रमिक रूपान्तरण गर्दै जानुपर्ने आजको आवश्यकता छ । निजी क्षेत्रलाई उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्छ ।’

निजी क्षेत्रलाई उत्पादन तथा रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ ।

अग्रवालले विगतमा दूरदर्शी नीतिको अभावका कारण नेपालको सेयर बजारमा सट्टेबाजी कारोबारले प्रश्रय पाएको बताए । विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको डबल आईएसआईएन व्यवस्थाले बजारमा एउटै सेयरको मूल्यमा ठूलो अन्तर सिर्जना गरेको उनले उल्लेख गरे ।

‘एउटै सेयर, प्रतिफल एउटै तर डबल प्राइसिङ हुँदा दुवैको मूल्यमा ५० प्रतिशतसम्म फरक देखियो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै वास्तविक बजार मूल्य निर्धारणमा अन्योल बढायो,’ उनले भने ।

डबल आईएसआईएन हटाउने प्रयास विगतमा नेपाल राष्ट्र बैंकबाट भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामा पर्ने देखिएपछि कार्यान्वयन हुन नसकेको उनले बताए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पुँजी बजारलाई ‘जुवाघर जस्तो बनाउनु हुँदैन’ भनेको प्रसंग उल्लेख गर्दै अग्रवालले एउटै सेयरलाई नीतिगत हस्तक्षेपका कारण वास्तविक प्रतिफलमा आधारित मूल्य र सट्टेबाजी मूल्यमा विभाजन गर्न नहुने बताए ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै आईएसआईएन नम्बरको नीतिगत व्यवस्था अघि बढाउने तयारी गरेकोप्रति उनले स्वागत गरे । यसबाट आगामी दिनमा स्वस्थ, पारदर्शी र वास्तविक मूल्यमा आधारित पुँजी बजार निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

कम्पनीको व्यवस्थापन क्षमता, दीर्घकालीन योजना र भविष्यमा प्राप्त हुन सक्ने प्रतिफलका आधारमा सेयरको मूल्य निर्धारण हुने वातावरण बनाउनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.