×

दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुर्‍याएको छ । यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउ, याक चिज र पेडा पठाएको हो ।

नेपालबाट पठाइएका यी उत्पादन दुबईस्थित मातृभूमि जनरल ट्रेडिङ एलएलसीको सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसन गरी तीन स्थानबाट बिक्री–वितरण भइरहेका छन् ।

विगत दुई वर्षदेखि नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्‍याउँदै आएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।

उनले भने, ‘विगतमा गएको घिउले राम्रो बजार लियो, माग बढेपछि अहिले १५० केजी याक चिज, पेडा र घिउ थपेका छौं। हामीले नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्‍याएर बजार विस्तार गर्ने उद्देश्यले काम गरिरहेका छौं। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा यूएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’

डीडीसीले यसअघि जापान लगायतका देशमा घिउ निर्यात गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने योजना बनाएको छ ।

पछिल्लो निर्यातबारे डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले भने, ‘यसअघि सीमित परिमाणमा पठाइएका उत्पादनलाई परीक्षणका रूपमा हेरिएकोमा पछिल्लो पटक घिउको परिमाण उल्लेख्य रूपमा बढाइएको छ। यसले हाम्रो उत्पादनलाई नियमित रूपमा विदेशी बजारमा लैजाने सम्भावनासमेत बढाएको छ। निर्यातलाई निरन्तरता दिने उद्देश्यसहित हामीले दूध संकलन र उत्पादन विस्तारमा जोड दिएका छौं।’

विदेशी बजारलाई लक्षित गर्दै डीडीसीले यसपटक प्याकेजिङमा समेत परिवर्तन गरेको छ । दुबई पुगेको घिउ सिसाको भाँडोमा प्याक गरिएको छ भने स्थानीय उपभोक्तालाई उत्पादनसम्बन्धी जानकारी सहज बनाउन लेबलमा नेपाली र अंग्रेजीका साथै अरबी भाषासमेत प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.