×

‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ

खालीपाना न्युजडेस्क | १० घण्टा अगाडि

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत यस राष्ट्रिय अभियानको शुभारम्भ गरिएको हो ।

विश्वका विकसित राष्ट्रहरूको आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअपलाई मानिन्छ । विश्वका धेरै सफल कम्पनीहरू कुनै समय एउटा सामान्य विचार, सानो लगानी र ठूलो सपना बोकेका युवाको प्रयासबाट सुरु भएका थिए ।

आज तिनै स्टार्टअपहरूले लाखौँ रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्रलाई बलियो बनाएका छन् । यही विश्वव्यापी अनुभवलाई आत्मसात् गर्दै नेपालमा पनि नवप्रवर्तनमा आधारित उद्यमशील संस्कृतिको विकास गर्ने उद्देश्यले स्टार्टअप समिट नेपाल–२०२६ अभियान सुरु गरिएको हो ।

नेपालमा बढ्दो ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण गर्दै युवाहरूको सिर्जनशीलता, ज्ञान, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानले देशभरका विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार, व्यवसाय सञ्चालनका चुनौती तथा जोखिम व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको सम्भावनालगायतका विषयमा व्यवहारिक तथा तथ्यपरक जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको हो । आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

यस अभियानमार्फत सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबीच सहकार्यको वातावरण निर्माण गरी नेपालमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिसहित करिब २०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारमुखी मात्र नभई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाललाई समृद्ध बनाउने अभियानमा स्टार्टअपको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले भने, ‘यस्ता कार्यक्रम केवल त्रिभुवन विश्वविद्यालयमा मात्र सीमित हुनुहुँदैन । देशभर सञ्चालन गर्न आवश्यक छ । विश्वविद्यालयले गर्नुपर्ने जुनसुकै सहकार्यका लागि हामी सदैव तयार छौँ । विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र उद्यमशील बनाउनु आजको आवश्यकता हो, र त्यसमा विश्वविद्यालयले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नेछ ।’

कार्यक्रमकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा बढ्दो युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘आज हाम्रो सबैभन्दा ठूलो चुनौती ब्रेन ड्रेन हो । अब यसलाई ब्रेन गेनमा रूपान्तरण गर्नुपर्छ । नेपालमा प्रतिभा, सम्भावना र सिर्जनशीलताको कमी छैन । आवश्यक छ त सही सोच, उचित मार्गदर्शन र अवसरको । युवाले विदेशमा अवसर खोज्ने होइन, नेपालमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु हाम्रो अभियानको उद्देश्य हो ।’

उनले स्टार्टअप समिट नेपाल–२०२६ आजबाट औपचारिक रूपमा सुरु भएको जानकारी दिँदै आगामी दिनमा देशका सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेर स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सञ्चालन, विश्व बजारका अनुभव, सफल उद्यमीका कथा, लगानीका अवसर तथा सरकारी नीतिबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिने बताइन् ।

नेपालमा स्टार्टअपको नयाँ अभियान सुरु भएको उल्लेख गर्दै उहाँले सबै युवा, शैक्षिक संस्था, सरकारी निकाय तथा निजी क्षेत्रलाई यस अभियानमा सहकार्य गर्न आग्रह गरिन् ।

कार्यक्रमका विशेष अतिथि तथा किनोट वक्ता, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायको आधार ठूलो पूँजी नभई सही सोच, इच्छाशक्ति र निरन्तर मेहनत रहेको बताए ।

उनले कम्पनी दर्तादेखि व्यवसाय सञ्चालन, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप कर्जासम्मका विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्दै भने, ‘रकम आवश्यक हुन्छ, तर त्योभन्दा धेरै आवश्यक कुरा सही मानसिकता हो । संसारका धेरै सफल उद्यम सानो लगानीबाट सुरु भएका छन् । विद्यार्थी जीवनमै सीप, अनुभव र आत्मविश्वास विकास गर्न सकियो भने सफल उद्यमी बन्न धेरै सहज हुन्छ ।’

कार्यक्रमका विशेष अतिथि, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापाले यस्ता कार्यक्रम शैक्षिक संस्थाहरूमा अत्यन्त आवश्यक रहेको बताउँदै भविष्यमा पनि विश्वविद्यालयले यस्ता कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीहरूको सहभागिता रहेको थियो । साथै, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर स्टार्टअप कर्जा उपयोग गरी सफल व्यवसाय स्थापना गरेका नेपाली उद्यमीहरूको प्रेरणादायी वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ कुनै एकदिने कार्यक्रम मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो ।

यस अभियानमार्फत देशभरका विश्वविद्यालय, कलेज, विद्यालय, उद्योग, वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै युवालाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने नेतृत्वका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रम स्टार्टअप समिट नेपाल–२०२६ को आयोजनामा तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग को सहकार्यमा सम्पन्न भएको हो ।

‘स्टार्टअप केवल व्यवसाय होइन, यो नयाँ सोच, नयाँ सम्भावना र समृद्ध नेपालको नयाँ आधार हो ।’ यही विश्वासका साथ सुरु भएको स्टार्टअप समिट नेपाल–२०२६ ले नेपालमा उद्यमशीलताको नयाँ लहर सिर्जना गर्दै नवप्रवर्तनमा आधारित आर्थिक विकासको अभियानलाई देशव्यापी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्टार्टअप समिट नेपाल–२०२६ नीति रिसर्च प्रालिद्धारा संचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.