काठमाडौं । मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरुले बधाई दिइरहेका छन् ।
विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ ।
उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको परिणाम मात्र होइन, विदेशमा जन्मिएर वा हुर्किएर पनि आफ्नो नेपाली पहिचानलाई गर्वका साथ स्थापित गर्न सकिने सन्देश बोकेको उपलब्धिका रुपमा लिइएको छ ।
यस सफलताले दोस्रो पुस्ताका एनआरएनलाई नेपालसँग भावनात्मक, सांस्कृतिक र सामाजिक रूपमा जोड्ने अभियानलाई बल पुगेको देखिन्छ ।
गत चैतमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट पहिलोपटक विधानमै व्यवस्था गरिएको ‘सेकेन्ड जेनेरेसन कोअर्डिनेटर’ पदमा निर्वाचित भएकी दीपमाला अहिले मिस नेपालको ताज जित्न सफल भएकी हुन् ।
विदेशमा जन्मे तथा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने उद्देश्यले सिर्जना गरिएको यो भूमिकाले उनको जितलाई अझ अर्थपूर्ण बनाएको छ । एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले ढकालको ताजलाई ऐतिहासिक उपलब्धि ठानेको बताएकी छिन् ।
हङकङमा जन्मिएर हुर्किएकी दीपमालाले नेपाली भाषा, संस्कृति र पहिचानप्रतिको आफ्नो प्रतिबद्धतालाई केवल शब्दमा होइन, व्यवहारमै प्रमाणित गरेकी हुन् ।
एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले ढकालको उपलब्धिलाई विज्ञप्तिमार्फत तारिफ गरेका छन् । ‘यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित नभई विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय, विशेषतः दोस्रो पुस्ताका नेपाली युवापुस्ताका लागि प्रेरणा, आत्मविश्वास र नेपाली पहिचानप्रतिको गौरवको प्रतीक बनेको छ । यस सफलताले विश्वभरिका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो भाषा, संस्कृति, मूल्य–मान्यता र मातृभूमिसँग अझ सशक्त रूपमा जोडिन प्रेरित गर्ने विश्वास लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
मिस नेपाल हङकङको उपाधि जितिसकेकी उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक तथा अर्थशास्त्रमा स्नातक हुन् ।
उनले विश्वकै अग्रणी लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’मा इन्भेस्टमेन्ट एनालिस्टका रूपमा सुरक्षित र आकर्षक करिअर हुँदाहुँदै नयाँ चुनौती स्वीकार्दै नेपाललाई रोजेकी हुन् ।
ढकालले आगामी दिनमा प्रतिष्ठित मिस वल्र्डमा सहभागि हुन पाउने विषयलाई एनआरएनएले शुभकामना पनि दिएको छ । ‘विश्वसामु नेपालको समृद्ध कला, संस्कृति, पर्यटन, विविधता र राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्दै नेपालको सकारात्मक छवि उजागर गर्न सफल हुनुहुनेछ भन्ने विश्वास छ । यहाँको सहभागिताले नेपाल र विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै दोस्रो पुस्तामा नेपालीपनप्रतिको अपनत्व र गर्वलाई थप उचाइमा पुरÞ्याओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा उनकी आमा रोशनी खरेल प्रतिस्पर्धी बनेकी थिइन् । मिस नेपालको फाइनलमा २४ प्रतिस्पर्धीबाट अन्तिम ६ मा स्थान बनाउँदै विजेता बनेकी दीपमालाले आफ्नो क्षमता, आत्मविश्वास र स्पष्ट प्रस्तुतिमार्फत निर्णायकहरूको मन जितेकी हुन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.