×

विराटनगरमा आजदेखि ‘समर लभ’को मञ्चन हुँदै

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

 

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन हुने भएको छ।

पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो। दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ।

नाटक मञ्चनका लागि सभागृहको स्टेज निर्माण, प्रकाश, ध्वनि तथा अन्य प्राविधिक संरचनाको तयारी पूरा भएको छ।

कान्तिपुर थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो। सुविन भट्टराईको उपन्यासमा आधारित ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। नाटकमा अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा विछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गरिएको छ।

नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन्। चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन्। त्यस्तै, विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय नाटकमा रहेको छ।

काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको थियो। नाटकको सुरुवाती चरणमै धेरै शो अग्रिम बुकिङ भएको थियो। करिब दुई घण्टाको प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको छ।

यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो। त्यसैको निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएटरका सीईओ प्रकाश पुरीले जानकारी दिए।

कान्तिपुर थिएटरले नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ समेत विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न सहरमा आफ्ना प्रस्तुति लैजाने तयारी गरिरहेको पुरीले बताए। उनले शनिबारदेखि मञ्चन हुन लागेको ‘समर लभ’ हेर्न सम्पूर्ण दर्शकलाई आग्रहसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.