×

पोल भाडा विवाद समाधानतर्फ : वल्र्डलिंकले सुरु ग-यो बक्यौता भुक्तानी

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वल्र्डलिंकले आर्थिक वर्ष २०८२÷८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१÷८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्स प्रमाणीकरणका आधारमा हिसाब मिलान गरिएको छ । यस क्रममा विगतमा भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

प्राधिकरणले विद्युत् पोल प्रयोग गरेर सेवा सञ्चालन गरिरहेका इन्टरनेट तथा केबल सेवा प्रदायकसँग लामो समयदेखि भाडा असुलीको विषयमा विवाद झेल्दै आएको थियो । पछिल्लो कदमलाई उक्त विवाद समाधानतर्फको महत्वपूर्ण प्रगतिको रूपमा हेरिएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गर्ने सबै सेवा प्रदायकले कानुनबमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन् ।

मन्त्री श्रेष्ठले वल्र्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा व्याख्या गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनी दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । उनले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान पनि कानुनी सीमाभित्र रहेर गरिने स्पष्ट पारे ।

साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै मन्त्री श्रेष्ठले सबैका लागि समान रूपमा कानुन लागू हुने सरकारको नीति रहेको दोहो¥याए । पोल भाडा बक्यौता असुली प्रक्रिया पुनः सक्रिय भएसँगै अन्य इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरूले पनि भुक्तानी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.