काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा सेलिब्रेटी हेयरस्टाइलिसका रुपमा परिचित राम ठाकुर जोडिएका छन् । संगीतकार तथा गायक टंक बुढाथोकीले हेयरस्टाइलिसका रुपमा रामलाई स्वागत गर्दै सम्झौता गरेका हुन् ।
टंकले लामो समयदेखि आफ्नो फिल्म तथा म्युजिक भिडिओमा रामले हेयर स्टाइलिङ विभागको नेतृत्व गरिरहेको समेत जनाएका छन् ।
उनले भने, ‘मैले रामजीसँग लामो समयदेखि काम गरिरहेको छु । मेरा फिल्म र भिडिओ मात्र होइन, मेरो हेयरस्टाइलिस पनि उहाँ नै हुनहुन्छ । एक पटक पुनः फिल्मको हेयर विभागको जिम्मा दिन पाउँदा म हर्षित छु । उनले गरेको कामको प्रसंसा हुनेछ, साथै उनले फिल्ममा अभिनय पनि गर्दैछन् ।’
उनले रामले गर्ने कामको तारिफमा आफ्ना शब्दहरू खर्चिए । रामले पनि व्यक्ति हुँदै भिडिओ र फिल्ममा जोडिन पाउँदा खुसी लागेको बताए ।
‘टंकसरसँग उहाँको हेयर स्टाइलिङ गर्ने क्रममा जोडिएको थिएँ । विस्तारै उहाँको म्युजिक भिडिओ र फिल्ममा काम गर्ने अवसर पाएँ । पुनः उहाँले दिनुभएको अवसरमा सक्दो मेहनत गर्नेछु’, उनले भने ।
रामले यसअघि पनि केही फिल्ममा समेत अभिनय गरेका छन् । उनी अभिनेता राजेश हमाल र निखिल उप्रेतीको हेयरस्टाइलिसका रुपमा परिचित छन् । उनले यी दुवै अभिनेतासँग दुई दशक बढी समयदेखि काम गरिरहेका छन् । यसका साथै उनले स्वदेशी तथा विदेशी चर्चित कलाकारहरूको समेत हेयर र मेकअप विभागमा रहेर काम गरेका छन् ।
उनले केही समयदेखि कोटेश्वरमा दुई आउटलेटसमेत संचालन गरिरहेका छन्, जहाँ सर्वसाधारणले समेत सेवा लिने गरेका छन् । उक्त फिल्ममा सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे, शंकर श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीतसंगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ ।
फिल्मको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन् । निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै मुस्ताङमा पनि फिल्मको मुख्य छायाङ्कन गरिनेछ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.