काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु गरेको छ ।
बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि बचत फिर्ता कार्यक्रम सुरु गरेको हो ।
पहिलो चरणमा १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । कार्यक्रममा ४२ जना बचतकर्तालाई रकम फिर्ता गरिएको बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले जानकारी दिइन् ।
उनले समस्याग्रस्त सहकारीमा जम्मा भएको रकमको आधारमा बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्दै जाने बताइन् । साना बचतकर्तालाई प्राथमिकता दिएर सुरु गरिएको अभियान निरन्तर अघि बढ्ने उनको भनाइ छ ।
‘साना बचतकर्ता भनेर १० हजारदेखि ५० हजारसम्म रकम फिर्ता गरिरहेका छौँ । समस्याग्रस्त भएका पाँचवटा सहकारीबाट सङ्कलन भएको रकमको आधारमा बचत फिर्ता प्रक्रिया सुरु गरिएको हो,’ मन्त्री पौडेलले भनिन् ।
उनले ठूला बचतकर्ताको रकम पनि दाबी र उपलब्ध स्रोतका आधारमा क्रमशः फिर्ता गरिने बताइन् । सबै बचतकर्ताको रकम एकैपटक फिर्ता गर्न सम्भव नभएकाले चरणबद्ध रूपमा प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
‘हामीसँग करिब तीन हजार पीडित बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने अवस्था छ । आज ४२ जनाको रकम फिर्ता गर्दैछौँ । यो सुरुवात हो, अब निरन्तर रूपमा अन्य बचतकर्ताको रकम पनि फिर्ता हुँदै जान्छ,’ उनले भनिन् ।
मन्त्री पौडेलले समस्याग्रस्त सहकारीमा बचत गरेका सबै नागरिकलाई धैर्य गर्न आग्रह गर्दै क्रमशः रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरिन् । साथै, अबदेखि सहकारीसम्बन्धी उजुरी तथा मागदाबीका लागि कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको जानकारी दिइन् ।
उनका अनुसार साउन १ गतेदेखि सहकारीसम्बन्धी उजुरी अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसबाट देशका विभिन्न स्थानमा रहेका बचतकर्तालाई सहज हुने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले बचत फिर्ता कार्यक्रम राज्यको उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलताको महत्वपूर्ण कदम भएको बताए ।
उनले सहकारी आन्दोलन सदस्यको विश्वास, पारदर्शिता र पारस्परिक सहयोगमा आधारित भए पनि केही संस्थामा देखिएको आर्थिक अनियमितता, कमजोर सुशासन र गैरजिम्मेवार व्यवस्थापनका कारण सहकारी क्षेत्रप्रति नागरिकको विश्वासमा असर परेको बताए ।
‘लामो समयदेखि आफ्नो मेहनतको कमाइ फिर्ता पाउने प्रतीक्षामा रहेका बचतकर्ताका लागि आजको दिन महत्वपूर्ण छ । यो केवल रकम वितरणको कार्यक्रम मात्र होइन, सहकारी क्षेत्रमा विश्वास पुनःस्थापित गर्ने अभियानको सुरुवात पनि हो,’ सचिव भट्टराईले भने ।
उनले सहकारी संस्थाको नाममा हुने वित्तीय अनुशासनहीनता, सदस्यको बचत दुरुपयोग र कानुनविपरीतका गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।
‘सहकारीको स्वायत्तता महत्वपूर्ण छ, तर त्यससँगै जवाफदेहिता, पारदर्शिता र सुशासन पनि उत्तिकै आवश्यक छ,’ उनले भने ।
उनले सहकारी क्षेत्रलाई पुनः विश्वासयोग्य बनाउन नियमित अनुगमन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सदस्यप्रतिको उत्तरदायित्वलाई बलियो बनाउनुपर्ने बताए ।
साथै, उनले साउन १ गतेदेखि सहकारीसम्बन्धी उजुरी तथा मागदाबी पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने व्यवस्था गरिएको जानकारी दिए ।
‘अब सहकारीसम्बन्धी उजुरी वा मागदाबी गर्न कार्यालयमै आएर निवेदन दिनुपर्ने अवस्था अन्त्य गरिएको छ । अनलाइन माध्यमबाटै प्रक्रिया अघि बढाउन सकिनेछ,’ उनले भने ।
बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ताका लागि चरणबद्ध योजना अघि बढाएको जनाएको छ । सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्दै नागरिकको विश्वास पुनःस्थापित गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री इन्द्र बानियाको उपस्थिती रहेको थियो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.