×

भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण पाँच ‘एस’ हक्की प्रतियोगिताको तयारी पूरा

खालीपाना न्युजडेस्क | ४३ मिनेट अगाडि

झापा । नेपालमै पहिलो पटक झापाको भद्रपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण पाँच ‘एस’ हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

भद्रपुर नगर हक्की सङ्घको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगितामा सहभागी सबै टोली भद्रपुर आइपुगेको सङ्घका अध्यक्ष सरोजकुमार बस्नेतले जानकारी दिए ।

नेपाल न्युज बैंकसँग कुरा गर्दै अध्यक्ष बस्नेतले प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र सहभागी टोलीसमेत आइसकेकाले निर्धारित समयमै खेल सञ्चालन गरिने बताए । उनले नेपालमा हक्की खेलको विकास र विस्तार गर्ने उद्देश्यले चुनौतीका बीच प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

प्रतियोगितामा नेपालका आठ, भारतका तीन र बङ्गलादेशको एक गरी १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुदको विकास तथा युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका प्रचार विभागका रोहित काफ्लेले बताए । प्रतियोगिता सञ्चालनका लागि आफूहरूले जोखिम मोलेरसमेत तयारी गरेको उल्लेख गर्दै उनले यसले युवामाझ हक्की खेलको आकर्षण बढाउन र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको अनुमानित बजेट रु ३० लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि स्थानीय तह, उद्योग–व्यवसायी, सामाजिक सङ्घसंस्था तथा खेलप्रेमीबाट सहयोग जुटाइएको छ ।

विद्यालयको खेलमैदानलाई स्तरोन्नति गरी व्यवस्थित र बहुउपयोगी बनाइएको भावि रणनीति योजनासमेत अघि बढाइएको छ । त्यसका लागि १० लाख रुपैया खर्च भएको आयोजकका रोहित काफ्लेले बताए ।

प्रतियोगिताले भद्रपुरलाई हक्की खेलको केन्द्रका रूपमा विकास गर्न, खेल पर्यटन प्रवद्र्धन गर्न तथा स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.