×

नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए । उनले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताए ।

उनले भने,‘मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन । कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको अवस्थामा पु¥याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहको अपराध हो,’ उनले भने।

उनले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूले नगरेको स्पष्ट पार्दै भ्रामक प्रचार बन्द गर्न आग्रह गरे।

ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे।

सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाए । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पु¥याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै आपत्ति जनाए।

उनले समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने अवस्था थियो वा थिएन भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताए।

मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा गरिएको गतिविधिबारे पनि छानबिन हुनुपर्ने उनको माग थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.