काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले काठमाडौंमा ‘नेपाल–इन्डिया फुड एन्ड विभरेज फोरम २०२६’ को आयोजना गरेका छन् ।
उक्त फोरमले नेपालको खाद्य तथा पेय पदार्थ एवं आतिथ्यता क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै थलोमा ल्याई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका अवसरहरूबारे छलफल गर्ने मन्च प्रदान गरेको हो ।
निकट भविष्यमै भारतमा हुन लागेको ‘नेपाल–इन्डिया फुड एन्ड विभरेज फोरम २०२६’ प्रदर्शनीको पूर्वतयारी स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी ११–१३ सेप्टेम्बर २०२६ मा भारतको वाराणसीस्थित गिरिजा देवी संस्कृत सङ्कुलमा आयोजना हुने तय गरिएको छ ।
यस कार्यक्रमले आगामी प्रदर्शनीबारे जानकारी गराउनुका साथै भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न इच्छुक नेपाली व्यवसायीहरूलाई सहभागिताका लागि प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री कुनाल कायलले खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रमार्फत नेपाल–भारत आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
साथै, यस्ता उद्योग–केन्द्रित फोरमहरूले व्यवसायिक सञ्जाल विस्तार, बजार पहुँच वृद्धि तथा भारतीय सरोकारवालासँग सीमापार साझेदारी विकासका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा हाउस अफ राजकर्णिकारका अध्यक्ष वीरेन्द्र राजकर्णिकारले हाउस अफ राजकर्णिकारको परिचय प्रस्तुत गर्दै संस्थाको भूमिका तथा व्यापार एवं उद्योग सहकार्य प्रवद्र्धनका लागि सञ्चालन गरिएका विभिन्न पहलहरूको जानकारी गराइएको थियो।
साथै राजन शर्माले विशेषज्ञ प्रस्तुति दिँदै नेपाल–भारत व्यापार मेला प्रदर्शनीको उद्देश्य, व्यवसायिक अवसरहरू, प्रदर्शकहरूले विशेष ध्यान दिनुपर्ने चुनौतीहरू तथा वाराणसीमा आयोजना हुने आगामी प्रदर्शनीमा सहभागी नेपाली उद्यमहरूले प्राप्त गर्न सक्ने सम्भावित लाभहरूबारे जानकारी दिए ।
उक्त फोरममा नेपालको होटल, रेस्टुरेन्ट तथा क्याटरिङ उद्योगका प्रतिनिधिहरू, खाद्य तथा पेय पदार्थ उत्पादकहरू, आतिथ्य व्यवसायीहरू, उद्यमीहरू, निर्यातकर्ताहरू, वितरकहरू तथा अन्य उद्योग क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले नेपाल–भारतबीच द्विपक्षीय व्यापार विस्तार, बजार पहुँच अभिवृद्धि तथा थप सुदृढ व्यावसायिक साझेदारी विकासका विषयमा विचार–विमर्श गरेका थिए।
नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरमजस्ता पहलमार्फत नेपाल–भारत उद्योग वाणिज्य संघले दुवै देशका व्यवसायीहरूबीच अर्थपूर्ण संवादलाई निरन्तर प्रोत्साहन गर्दै व्यापार, लगानी तथा विभिन्न क्षेत्रहरूमा आर्थिक सहकार्य प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाइरहेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.